ओली पथमा मेयर चौधरी

Logo
खेमराज दाहाल बुधबार, माघ ०७, २०७७

नेपाल कम्युनिस्ट पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीको सनकले अहिले देशका पचासी प्रतिशत जनता सडक आन्दोलनमा छन । लोकतन्त्र र संविधान जोगाउन ओलीको सनकलाई परास्त पार्न लागी परेका नेता र जनता ओलीको पछिल्लो सांसद बिगठनलाई मात्र नभएर उनको ३ बर्षे कार्यकाल देखी नै असन्तुष्ट थिए ।

जनताका आबश्यकता परिपुर्ति गर्नुको सट्टा सस्तो लोकप्रियतामा रमेका ओली एन्ड उन्को कम्पनी जनताका संबेदनसिलतामा कहिले गम्भीर देखिएन । झण्डै दुई तिहाइ बहुमत प्राप्त दलको नेता बनेर प्रधानमन्त्री बनेका ओलीले कहिले टिममा काम गर्न नरुचाएको उन्कै मन्त्रीमण्डलका मन्त्रीहरु बताउछ्न ।

कन्कृटको धरहरा बनाएर आफ्नो उपलब्धी देखाउने ओलीले देश कोरोनाको माहामारीमा पर्दा जनताको स्वस्थ्यमा गम्भीर देखिनुको साटो उल्टै जनतालाई ढाड सेकाउने काममा लाग्यो । स्वास्थ्य सामाग्री खरिदमा अपारदर्शी काम गरेर भ्रष्टाचारमा मुछियो । एक पछि अर्को गर्दै आफ्नालाई राज्यको सम्पती दुरुपयोग गराएर झनै विवादास्पद काम गर्दै अझ त्यस्को बिरोध आलोचना गर्ने हरुलाई राज्यका संयन्त्र लगाएर आधिनायकबादको बाटो रोज्यो ।

जनताको संबेदनसिलतालाई बेवास्ता गर्दै अगाडी बढेको ओली सरकारकै पार्टीबाट उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी पनि प्रधानमन्त्री ओलीकै लाइनमा देखिएका छन । संबिधानले अधिकार सम्पन्न बनाएको स्थानीय तहको मेयर भएको ३ बर्ष बितिसक्दा पनि त्रियुगा नागरपालिकाका मेयर चौधरीले जनताको जिवनलाई प्रत्यक्ष प्रभाव पार्ने काम ५ प्रतिशत गर्न सकेनन । हरेक बर्ष अरबौंको बजेट पारित गर्दै आएको नगरले गरेका प्रगति हेर्ने हो भने ३ बर्षमा गरिएका काम १ बर्षमा गर्ने जति देखिन्दैन ।

त्रियुगा नदि नियन्त्रणमा आएको बजेटमा सहिसदुपयोग नहुदा बाध अपेक्षाकृत रुपमा अगाडि बढेन । करोडौं खर्च गरेर बेलदोभान रौताकेबलकारको डिपिआर तयार गरियो तर त्यस्को कार्यन्वयनमा नगर उदासिन छ । अन्य खहरे खोला नियन्त्रणमा पनि नगर उदासिन बन्दा बर्सेनि त्रियुगानगर क्षेत्रका खेतीयोग्य जमिन कटान डुबानको मारमा छन । त्रियुगा नगरपालिकाको वडा नम्बर १ र २ सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र हुन त्यहाँका वडा अध्यक्षहरु नदि नियन्त्रणमा नगरले उपेक्षा गरेको बताउछन ।

तत्कालीन एमाले बाट मेयर चौधरी सहित ६ वडा अध्यक्ष बिजयी भएका थिए । १६ वडा रहेको नगरमा उपमेयर सहित ८ वटा वडामा नेपाली काङ्ग्रेस बिजयी भएको थियो भने दुइटा वडामा तत्कालीन माओवादीले जितेको थियो । माओवादी र एमालेको एकीकरण पछी ८ वडा अध्यक्ष सहित मेयर र ८ वडा अध्यक्ष सहित उपमेयर हुदा शक्तिसन्तुलनका हिसाबमा लगभग बराबर जस्तै देखिँदा नगरपालिकाको काम कामकारबाहीमा सन्तुलित हुने अनुमान गरिएको थियो ।

तर त्यस्को ठिक बिपरित मेयर चौधरीले आफू निकट र आफ्ना पार्टीका वडा अध्यक्षलाई मात्र चेपेर अगाडी बढे । संबिधानले स्थानीय सरकारलाई पनि स्वायत्तता दिएर अधिकार सम्पन्न बनाए पछि केन्द्रका जस्तै नगर भित्र पनि कार्यपालिका, विभिन्न समिती उपसमितीहरु रहने बन्ने प्राबधान राखेको छ । सोही अनुरुप ती समिती हरुमा मेयर चौधरीले आफ्ना र आफू निकटका वडा अध्यक्ष र कार्यपालिकाका सदस्यलाई मात्र जिम्मेवारी दिए ।

उपमेयर सहित आठ अध्यक्ष जितेको कांग्रेसको बिरोध पश्चात केहि जनतासङ सम्बन्ध नराख्ने केहि समितीहरुमा सहभागी गराए पनि पछाडि मेयर चौधरीले ती अधिकार पनि खोस्दै लगेको अध्यक्षहरु बताउछन । अहिले नेकपा फुटेको अवस्था छ । मेयर चौधरी प्रचण्ड- नेपाल समुहमा छन ।

निर्वाचन आयोगबाट अलग अलग पार्टीको आधिकारिकता भै नसकेको भए पनि नेकपा फुटिसकेको छ । नेकपा फुटिसकेको अबस्थामा नगरमा अल्पमतमा पर्दै गएका मेयर चौधरी अहिले कार्यपालिका बैठक समेत छल्दै आएका छन । आफू अल्पमतमा परे पनि अन्यलाई पेलेर नै जाने नीति लिएको उपमेयर देबि चौधरीले बताइन ।

उपमेयरका अधिकार सम्म प्रयोग गर्न नदि मेयरले एकलौटी नगर संचालन गर्दा नगरमा सुशासन हुन नसकेको उपमेयर चौधरीको भनाइ छ । उपमेयर सहित कार्यपालिकाका अन्य सदस्यले कार्यपालिका बैठक बोलाउन पटकपटक मेयर सँग निवेदन गरे पनि मेयरले वेवास्ता गरेको एक वडा अध्यक्षले बताए ।

अल्पमतमा परेका मेयर चौधरीलाई नगरका प्रमुख प्रशासकीय अधिकृतको दर्बिलो साथ रहेकाले अन्य कार्यपालिकाका सदस्यलाई पेलेर जाने नीति लिएको कार्यपालिकाका सदस्य बताउछन । बहुमतलाई पेलेर जाने मेयरको निर्णयले नगरमा भ्रष्टाचार भएको हुन सक्ने त्रियुगानगरपालिकाका छाया सरकारका मेयर वसन्त बस्नेत बताउछन ।

मेयरले बहुमतलाई मान्दिन भन्नु, नगरले पत्रकारले मागेका सुचना नदिनु र अपारदर्शी काम गर्दै जानु, कार्यपालिका बैठक छल्नुले मेयर चौधरीको बदनियत पुर्ण काम भएको बस्नेतले बताए । नगरले आज सम्म नगरमा भएका कामहरुको खर्चहरुको विवरण अहिले सम्म सर्वसाधरणको पहुँचमा पुग्ने गरि सार्वजनिक नगरेकोले पनि नगरमा भ्रष्टाचार भएको हुन सक्ने बस्नेत बताउछन । “नगरले तीन बर्षमा एक बर्षमा गर्न सकिने काम गरेको छैन”, उनले भने, “आफ्ना आसेपासेलाई लिएर मेयर हिंड्छन, नगरमा बर्सेनि अरबौको बजेट आउँछ तर प्रगती शून्य छ पैसा कहाँ गयो त ?”

उपमेयर सहित कार्यपालिकाका बहुमत सदस्यले कार्यपालिका बैठक बोलाउन, नगरपालिकामा भएका विभिन्न निर्णयहरु, लेखापरीक्षण, कर्मचारी नियुक्ति लगाएत नगरपालिकामा भएका समान खरिदमा समेत असन्तुष्टि जनाउदै मेयरलाई पत्र समेत लेखेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry