उदयपुर – उदयपुरमा लाइन्स क्लब अफ अफ गाईघाट हाइट गठन भएको छ। युवा व्यवसायी सन्जिब काफ्लेको अध्यक्षतामा क्लबको २१ सदस्यीय समिति गठन भएको हो।
बिसुद्ध समाज सेवाको भावना बोकेर गठन भएको लाइन्स क्लब अफ अफ गाईघाट हाइटले आफ्नो पहिलो कार्यक्रम अन्तर्गत कोरोनाको दोस्रो चरणको महामारीको बिश्वमाकुरा हुदै गर्दा त्यसबाट बच्न स्वास्थ्य संस्था हरुलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गर्ने बताएको छ।
त्यस्तै स्वास्थ्य सामग्री संगै क्लबले सामाजिक उत्थानका कार्यक्रम संगै गरिव अशक्त अपाङ्गहारुलाई व्ह्विल चियर पनि वितरण गर्ने लाइन्स क्लब अफ अफ गाईघाट हाइटका अध्यक्ष सन्जिब काफ्लेले बताए।
आज उदयपुर गाईघाटको होटल ग्राभिटीमा एक अनौपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले यस्तो बताएका हुन्। यस्तै कार्यक्रममा प्रमुख अतिथि तथा लाइन्स क्लब अफ अफ गाईघाट हाइटका मेम्बर बसन्त बस्नेतले देश भर लायन्सको गतिविधिले सामाजिक सेवामा महत्त्वपूर्ण योगदान पुगिरहेका बेला लाइन्स क्लब अफ अफ गाईघाट हाइटको भूमिका उल्लेखनीय हुने बताए।
विश्वका २ सय १२ देशमा फैलिएको लाइन्स क्लबले बिशेष गरि आँखा सम्बन्धी समस्या, भोकमरी, वातावारणीय प्रदुषण सम्बन्धी जनचेतना, महामारी लगाएतका समस्यामा साथ सहयोग गर्दै आएको लाइन्स क्लब अफ अफ गाईघाट हाइटका सचिव सन्दिप दाहालले बताए।