उदयपुरमा जोनसेन एण्ड जोनसेन खोप मंगलबारदेखि लगाउने तयारी

उदयपुर सिमेण्ट उद्योगमा कर्मचारीहरुको कार्य विवरण सहितको संगठन तालिका स्वीकृत
Logo
अनिता कार्की सोमबार, साउन १८, २०७८

१ घोषित ५ दिने आन्दोलन अन्तर्गत मरुवाबासीले ९सोमबार० बिहान साढे ९ बजेदेखि पूर्णरुपमा कटारी नगरपालिकामा यातायात ठप्प, भोलि कटारीका कार्यालयहरुमा अनिष्चित कालिन तालाबन्दी, माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी

२ उदयपुरमा जोनसेन एण्ड जोनसेन खोप मंगलबारदेखि लगाउने तयारी, ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका १७ हजार ३ सय ४० जनाले विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन हुने खोप केन्द्रमा लगाउन पाउने,

३ उदयपुरमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या २,८९० पुग्यो

४ उदयपुर सिमेण्ट उद्योगमा कर्मचारीहरुको कार्य विवरण सहितको संगठन तालिका स्वीकृत, बढुवा तथा नयाँ नियुक्तिका लागि बाटो खुल्योे

५ लायन्स क्लव अफ उदयपुर चौदण्डीगढीको आयोजना स्तनपान सम्बन्धी जनचेतना मुलक सामाग्री प्रचारप्रसार, चौदण्डीगढी नगरपालिकाको स्वास्थ्य शाखाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उदयपुरको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न, कार्यक्रममा ३८ जनाले रक्तदान गरेको आयोजक लायन्स क्लव अफ चौदण्डीगढी उदयपुरका अध्यक्ष पवन कार्किको भनाई

६ सोलुखुम्बुको लोखिमस्थित जनता माध्यमिक विद्यालयलाई पूर्व विद्यार्थीहरुद्धारा सहयोग १० लाख रूपैयाँ, सोलुखुम्बु जिल्लाका संघीय सांसद हेमकुमार राई‚ थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असीम राईलगायतको उपस्थितिमा उक्त रकम बराबरको चेक विद्यालयलाई हस्तान्तरण

७ सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा, ‘स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि आफु मन्त्री रहञ्जेल आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय

८ विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकार नै चाहिन्छ भन्ने ओलीको पुष्टि, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सरकारले दमनको बाटो लिएको दाबी गर्दै प्रतिवाद गर्ने चेतावनी

९ लुम्बिनीमा बहुमत सांसदले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षर, संविधानको धारा १६८ ९१० अनुसार मुख्यमन्त्री बनेका शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै संविधानको धारा १६८ ९२० बमोजिम नयाँ सरकार गठनको माग

१० दार्चुला घटनामा भारतीय पक्षसँग जानकारी माग्न एमालेको माग, जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाउने र उर्लिँदो भेलमा वेपत्ता पार्ने गरी भएको अमानवीय घटनाको एमालेद्धारा निन्दा

११ नियम उल्लंघन गर्ने सवारीसाधनबाट ७७ लाख २८ हजार राजस्व संकलन, गत आर्थिक वर्षमा १३ हजार ७५९ सवारी साधन परे कारवाहीमा, पाल्पामा पनि ट्राफिक कारबाहीबाट ८८ लाख रुपैयाँ राजश्व संकलन

१२ साउन महिनाको अन्तिम हप्तादेखी सवारी चालक अनुमति पत्रको ट्रायल खुलाउने यातायात व्यवस्था विभागको तयारी, ट्रायल परिक्षामा नयाँ व्यवस्था लागु गरिने, ट्राफिक लाइट, उकालो ओरालो, स्पीड ब्रेकर,पार्किङ लगायतका लाई आधार मानेर नम्वर दिइने

१३ पोल्याण्डबाट कामको राम्रो अवसर आएको भनि ८ लाख रुपैयाँ सहित ठगिए नुवाकोटका अशोक श्रेष्ठ, वैदेशिक रोजगारीमा जाने चक्करमा पुर्ख्यौली सम्पत्ति सकिएको र ऋण पनि तिर्न नसकेको श्रेष्ठको गुनासो, तत्काल पक्राउ गरी हदैसम्मको कारबाहीको माग

१४ शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएसंगै बाहुनेपाटी पुल जोखिममा, हेलम्बुका दुई पक्की पुल र दुई घरको अवस्था अज्ञात

१५ भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित, सोही अवधिमा ४२४ जना संक्रमितको मृत्यु , इजिप्टमा सेनाद्धारा पछिल्लो समयमा थप ८९ अतिवादीहरू मारिएको दाबी, अतिवादीहरूका गतिविधि न्यूनीकरण गराउने अभियानअन्तर्गत सुरक्षा कारबाही गर्दा उनीहरूको मृत्यु भएको सेनाद्वारा जानकारी

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry