“कांग्रसको सुध्रिणीकरणका लागि ४ ‘व’ र मेरा प्रतिबद्धता” भन्ने नारा सहित चौधरीको नेतृत्वमा कांग्रेस उदयपुर प्रदेश सभा १ (ख) मा उम्मेद्वारी घोषणा

Logo
शनिबार, कार्तिक २७, २०७८

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत मंसीर ३ गते हुने प्रदेश सभा अधिवेशनको लागि उदयपुर प्रदेश सभा १ (ख)मा त्रियुगा नगरपालिकाकी उपमेयर देवी कुमारी चौधरीको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ । “कांग्रसको सुध्रिणीकरणका लागि ४ वटा ‘व’ र मेरा प्रतिबद्धता” भन्ने नारा सहित चौधरीको नेतृत्वमा उम्मेद्वारी घोषणा गरिएको छ ।

चौधरीको नेतृत्वको समुहमा प्रदेश सभा १ (ख) को लाग उप सभापतीमा कमल कुमार राउत रप्रेम कुमार राना मगर,सचिवमा शैलेश बस्नेत र केशव कुमार
राय, सह सचिवमा सरस्वती महतरा र रत्न कुमारी राईलाई उम्मेदवारको रुपमा घेषणा गरिएको छ ।

त्यसैगरी प्रदेश महाधिवेशन प्रतिनिधिमा खुल्ला ७ तर्फ पुष्पराज पोखरेल, बिर्ख श्रेष्ठ, गोबिन्द दाहाल, गोपाल पोखरेल, ध्रुब कुमार खड्का, भक्तबिर राउत र अम्बिका चौधरी रहेका छन्। यता महिला खुल्ला ३ तर्फ बिमला सुनुवार, भनु कुमारी राउत र मिरा बिस्वकर्मा रहेका छन।

त्यसैगरी खस आर्य पुरुष तर्फ रोशन कार्की र टिका देवी कटेल रहेका छन्। आदिबासी तथा जनजाती तर्फ दिपक वान्तावा, बिमला राई, उदिप नारायण चौधरी र प्रतिमा कार्की ढोलीको उम्मेदवारी घोषणा गरिएको छ । यता क्षेत्रीय कार्य समितिमा निर्वाचित हुने ३ सदस्य तर्फ बिदुर कार्की, मेनका कार्की र सानु कुमारी राई (शिला)को नाम घोषणा गरिएको छ ।

उम्मेदवारी घोषणा सभामा बोल्दै प्रदेश सभा १ (ख)कि सभापतिको उम्मेद्वार चौधरीले आफुले उम्मेद्वारी दिनुका प्रमुख तिन कारण र बिशेषता रहेको बताइन। उनका तिन बिशेषतामा ‘चरित्र’,’ज्ञान’ र काम रहेका छन्। तिन बिशेषता भित्र अन्य बिशेषता पनि रहेको उम्मेद्वार चौधरीले प्रकाश पारिन। उनका तिनका बिशेषता मध्ये ‘चरित्र’ अन्तर्गत ‘इमान्दारिता’, ‘नैतिकता’, निस्वार्थता र कार्यक्षेमता रहेका छन्।

यस्तै उनका तिनका बिशेषता मध्ये ‘ज्ञान’ अन्तर्गत ‘स्वादेश तथा बिदेश’, ‘समय बिशेष’ र कर्तब्य राहेका छन् , यस्तै तेस्रो बिशेषता ‘काम’अन्तर्गत ‘प्रशासन’, ‘जनताको आवश्कता र मर्म’, ‘नयाँ विचार’ र ‘नयाँ भिजन सहित कार्य योजना’ रहेका छन्।

घोषणा कार्यक्रममा पार्टी सभापति बिदुर बस्नेत, क्षेत्रीय सभापति भोजराज खतिवडा, सह सभापति बसन्त बस्नेत् लगायतका नेता उपस्थित थिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry