उदयपुर । त्रियुगा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि विदेशबाट फर्किएका नेपाली नागरिकहरुको तथ्यांक संकलन गर्न वडाध्यक्षहरुलाई आग्रह गरेको छ ।
विषेशगरी, अन्यत्र मुलुकबाट नेपाल आएका मानिसहरुमा यस रोगको संक्रमण देखा परिरहेको देखिए पछि संक्रमणबाट जोगिन यस्तो सजगता अपनाएको हो।
त्रियुगा नगरपालिकाले सवै वडाध्यक्षहरुलाई बैदेशिक रोजगारबाट आएकाहरुको विवरण संकलन गर्न र विदेशबाट फर्किएका व्यक्तिहरुमा संक्रमणको लक्षण देखिएमा सुरक्षा विधिसहित तोकिएको स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् । त्रियुगा नगरपालिका ३ मोतिगडामा त्रियुगा जनता बहुमुखी क्याम्पस हाताभित्र २५ बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ ।
यस्तै लकडाउनमा उदयपुरको त्रियुगा नगरपालिकाले नगर भित्रका जनताहरुका लागि खाना पकाउने ग्यास सिलिण्डर घर घर पूर्याइ दिने भएको छ । नागरिकका अतिआबास्यकिय सामानमा आपुर्तीमा सहजता ल्याउन ग्यास घर घर पूर्याइदिने ब्याबस्था गरिएको नगरपालिकाका मेयर बलदेव चौधरी बताए।
त्यसका लागि डेलीभरी चार्ज निःशुल्क हुने गरि फोकल पर्सन उमेश घिमिरेलाई तोकिएको छ। घिमिरेको मोबाइल नं. ९८४२८२५९२८ मा सम्पर्क गर्न नगरले अनुरोध गरेको छ ।