उदयपुर पुस २६ । एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे सर्वसम्मत चयन भएका छन् । नेकपा एमाले उदयपुरको ८ औं जिल्ला अधिबेसनको अध्यक्ष मण्डलले घिमिरेलाई अध्यक्षमा घोषणा गरेको हो ।
यस्तै उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सचिवमा कालु लामा, उपसचिवमा भरत थापा र टेकबहादुर राउत चयन भएका छन् ।
अध्यक्ष मण्डलका संयोजक समेत रहेकी नेकपा एमालेका केन्द्रिय सदस्य तथा पार्टीका जिल्ला ईन्चार्ज मञ्जु चौधरीले एमाले उदयपुरको नयाँ नेतृत्वको नाम घोषणा गरेकी थिइन।
इन्चार्ज चौधरीले गरेको घोषणालाई जिल्ला भरबाट आएका प्रतिनिधिहरुले अनुमोदन गरेपछि अध्यक्ष घिमिरे सहित सम्पुर्ण पदाधिकारी सर्वसम्मत निर्वचित भएका हुन।