उदयपुर माघ २३ । केही महिना अगाडि आफ्नो जन्म स्थल उदयपुर फर्केर पत्रकारहरु संग कुरा गर्दै राप्रपाका वरिष्ठ नेता हरि बहादुर बस्नेतले आउदो आम निर्वाचनमा आफू उठ्ने आशय ब्याक्त गरे । फेरि केही दिन अगाडि उदयपुर आएर पत्रकारहरुलाई जम्मा गरि आउदो आम निर्वाचनमा आफू एक उम्मेद्वार भएको घोषणा मात्र गरेनन, नेपाली कांग्रेसका नेता डा. खड्काको ठाउँमा आफू उठ्न लागेको ईतिहास सुनाएर प्रदेश संसद हिमाल कार्कीलाई आफुले भोट मागेर जिताएको समेत जिकिर गरे ।
पार्टी संगठन समेत नभएको जिल्लामा आएर आफू उम्मेद्वार बन्छु भनेर कांग्रेसका केन्द्रीय सदस्य तथा संघिय संसद नारायण खड्का लगायत हिमाल कार्कीको नाम लिएर आफू निर्वाचनमा होमिन लाग्दा उनले एक पटक कांग्रेसको सेन्टिमेन्टल भोट माग्ने दाउमा रहेको स्पष्ट हुन्छ ।
हाम्रो जस्तो बिकासन्मुख देशका जनतामा सांच्चै भन्ने हो भने राजनितिक चेतना अझै सम्म बढेको पाइन्दैन । पटक पटक मन्त्री भएका हरि बहादुर बस्नेत उदयपुरमा जन्मिएका भएपनी उनी अहिले उदयपुर जिल्लाका लागि पाहुना हुन । बस्नेत इतिहासलाई सम्झेर उदयपुरे जनताले गर्व गर्न पर्ने ब्याक्ती होलान तर बर्तमान भने हैनन । उदयपुरे जनता संग उनको सेन्टिमेन्टल सम्बन्ध होला तर यहाँका जनताको आधरभुत आबश्यकता के हो र यहाँका जनताको जिवनस्तर कस्तो छ भन्ने सम्म नेता बस्नेत जानकार छैनन ।
बर्षमा एक दुई पटक उदयपुर फर्किएर पत्रकार हरु संग भेट गरेर आफ्ना कुरा सुनाएर फर्किने नेता बस्नेतले यहाँका पत्रकार संग उदयपुरे जनताको लागि म के गर्न सक्छु म आफ्नु ठाउँ बाट भनेर प्रश्न कहिल्यै गर्दैनन र चिन्तित पनि छैनन । उनको उदेश्य यति मात्र प्रश्ट देखिन्छ कि उनि कम्युनिस्ट हरु फुटको मार बाट गुज्रिएको र कांग्रेस आन्तरिक कलहबाट सचेत नरहेको अबस्था छ । तिनै कांग्रेस कम्युनिस्ट हरुको सेन्टिमेन्टल भोट आफू तिर पार्नलाई विभिन्न भ्रम छर्न लागेका नेता बस्नेतले आफ्नो पार्टीप्रती जनताको बिश्वास भने कति छ त्यस्को अनुमान नगरेको देखिन्छ ।
एक दलिय पञ्चायती ब्याबस्थामा एकाधिकार प्रयोग गर्दै मन्त्री भएका बस्नेतले ४६/४७ जन आन्दोलन पछिको उपलब्धी, १० बर्षे जनयुद्ध र ६२/६३ सालको जनाअन्दोलन पछिको गणतान्त्रिक मुलुकको समेत खिल्ली उडाउदै आम नागरिक मुलुकको राष्ट्रनायक हुने र कार्यकारी प्रमुख हुने ब्याबस्थाको समेत खिलाफ उत्रियका छन ।
आम निर्वाचनमा जनताको मत मागेर तिनै मतदाताको मतको बर्खिलाप देखिएको राप्रपाको प्रतिनिधित्व गर्ने नेता बस्नेतको दाउ आजका कांग्रेस र कम्युनिस्ट हरुको फुट र आन्तरिक कलहलाई फाइदा उठाउदै फेरि राज्य सत्तामा पुगेर हाली मुहाली गर्ने देखिन्छ ।
आफू प्रतिनिधित्व गर्ने जिल्लामा बर्षमा एकाध पटक फर्किने नेता बस्नेत जनताको लोकतान्त्रिक अधिकार समेत कुण्ठित गर्ने दाउमा लागेका छन । कथम कदाचित नेता बस्नेतले आम निर्वाचनमा बिजयी हासिल गरे आफ्ना जनप्रतिनिधिलाई भेट्न उदयपुरे जनताले महिनौ कुर्न मात्र हैन सयौं अप्ठ्यारा झेल्न पर्ने निश्चित छ । आफ्नो मत दिएर प्रतिनिधि बनाएपछी आफ्नै प्रतिनिधिलाई आफ्ना गुनासा पोख्न जनतालाई सास्ती हुने भए पछि आउने निर्वाचनमा हुने उनको उम्मेद्वारिको सार्थकता कति होला ।