नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्मा उदयपुर आउने भएका छन् । कांग्रेसले देशव्यापी रुपमा सुरु गर्न लागेको एक महिने जागरण अभियान ‘घर घर जाउँ कांग्रेस जिताउ’ अभियानको उद्घाटनको लागि महामन्त्री शर्मा उदयपुर आउने भएका हुन् ।
फाल्गुण २९ गते बाट चैत्र २९ गते सम्म चल्ने एक महीने जागरण अभियानको फाल्गुण २९ आईतबार गाईघाट स्थित होटल टाउन हलमा हुने भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन तथा उद्घाटन गर्नका लागि महामन्त्री शर्मा उदयपुर आउन लागेका हुन् ।
कांग्रेको १४ औंमहाधवेशनबाट कांग्रेस महामन्त्रीमा निर्वाचित भए पछि औपचारिक कार्यक्रममा शर्मा पहिलो पटक उदयपुर आउने भएका हुन् ।
महामन्त्री शर्माले उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रममा जिल्ला भरका कांग्रेसी नेता तथा कार्यकर्ता उपस्थित जनाइएको छ ।