उदयपुर सिमेन्ट उद्योगले प्रभावितको स्वास्थ्य शिक्षालाई ध्यान दिँदै बनाइदियो स्वास्थ्य शिक्षा पूर्वाधार

Logo
खेमराज दाहाल सोमबार, फाल्गुण ३०, २०७८

उदयपुर । नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले लिमिटेडले उद्योगबाट प्रभावितहरुको समस्यालाई मध्यनजर गर्दै पुर्वाधार बिकाश तथा स्वास्थ्य शिक्षामा ध्यान दिने जनाएको छ ।

तिन दशक देखि संन्चालनमा रहेको उद्योगमा कार्यरत कर्मचारी र उनिहरुका परिवारको स्वास्थ्यमा ध्यान दिदै विभिन्न उपकरण र ल्याब सहितको स्वस्थ्य चौकी स्थापना गरेको हो ।

स्थापनाकाल देखि उद्योगमा कार्यरत कर्मचारीहरु पाका उमेरका समेत भएकाले उनिहरुको स्वास्थ्य स्थितिलाइ ध्यान दिदै ल्याब सहितको स्वास्थ्य चौकी र जटिल किसिमका बिरामिलाई अस्पताल सम्म पुर्याउन एम्बुलेन्स खरिद गरेको उद्योगका प्रबन्ध निर्देशक गोपी कृष्ण न्यौपाने जानकारी दिए ।

उद्योगमा कार्यरत कर्मचारीहरुको परिवारलाई ध्यानमा राख्दै उदयपुरकै नमुनाको रुपमा रहेको उदयसी इन्लिश बोर्डिङ स्कुल संचलानमा ल्याएर सस्तो र शुलभ शुल्कमा पठनपाठन गराउदै आएको समेत महाप्रबन्धक न्यौपानेले बताए ।

उद्योग परिसरमा रहेका विभिन्न वडा तथा समुदायको आर्थिक समृद्धिलाई लिएर उद्योगले पुर्वाधार बिकाशमा जोड दिएको उद्योगले जनाएको छ । मुख्यतः त्रियुगा नगरपालिकाको वडा नं ४, ५, ६, ७, ८, १० र १६ का स्थानीयवासीलाई केन्द्रित पूर्वाधार निर्माण गरेको प्रबन्धक न्यौपानेले स्पष्ट पारे ।

उद्योगबाट निस्कने धुलोलाई कम गर्न उद्योगले ईपी सिस्टम जडान गरेको भए पनि यसका बाबजुद स्थानीय वासिन्दालाई पर्नसक्ने प्रभावलाई दृष्टिगत गरी उनीहरुको स्वास्थ्य स्थितिलाई ध्यान दिएर पूर्वाधार निर्माण गरिएको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जानकारी दिए ।

उद्योग परिसरमा खटिएका सुरक्षाकर्मिहरुले उद्योगको मात्र नभएर समग्र जनताको सेवामा समर्पित भएर काम गरेको प्रती उद्योगका महाप्रबन्धक न्यौपानेले खुसी ब्यक्त गरे ।

नेपालको राष्ट्रिय गौरवको रुपमा २०४४ सालमा जापान सरकारको सहयोगबाट नेपाल सरकारको पूर्ण स्वामित्व रहनेगरी स्थापना भएको यस उद्योगले २०४९ सालदेखि ब्यापारिक उत्पादन शुरु गरेको थियो ।

मिति २०४५ भाद्र १ गते को तत्कालिन मन्त्री परिषद्को निर्णयानुसार विद्युत, सडक लगायतका पूर्वाधारहरु तथा खानीहरु रहेको जग्गा समेत उपलब्ध गराएको थियो ।पछि २०४६ सालमा उद्योग स्वयंले त्रियुगा नगरपालिका अन्तर्गत वडा नं। ५, ६, ७ र ८ उद्योग परिसरमा ५० बिगाहा १२ कठ्ठा जग्गा र वडा नं। १६ मा ५१३ रोपनी जग्गा खरिद गरेको थियो ।

उदयपुर सिमेन्ट उद्योग यस क्षेत्रमा अवस्थित हुनाले स्थापनाकालदेखिनै यहाँका बासिन्दाले सडक र बिद्युत्को उपभोग गर्न पाएका थिए । उद्योगकै कारणले ठूलो संख्याले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएका छन् ।

उद्योगले अहिले मूल्य अभिवृद्वि कर, अन्तस्शुल्क, अग्रिम कर, रोयल्टी लगायत समेत गरी १ अर्बको हाराहारीमा कर बुझाउँदै आएको छ।त्यस्तै, नगरपालिकाले प्रत्येक बोरा सिमेन्ट बापत २.५० रुपैयाँ समेत गरी वार्षिक ५० लाख रुपैयाँ संकलन गरिरहेको छ ।

उद्योगले कोभिडको दोस्रो लहरमा देउरी स्वास्थ्य चौकी र सुकौरा स्वास्थ्य चौकीमा अक्सिजनको व्यवस्थापन गरिदिएको थियो । नगरपालिका, विद्युत् प्राधिकरण लगायतलाई लोडर, स्काभेक्टर, ड्रमट्रक लगायतका साधनहरु समय समयमा उपलब्ध गराउँदै आएको छ ।

गोपी न्यौपाने महाप्रबन्धकको रुपमा आएपछि उद्योग सुचारु रुपमा सञ्चालन भइरहेको छ । आर्थिक वर्ष २०७८र७९ को फाल्गुण मसान्त सम्ममा उद्योगले लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । उद्योगका अनुसार यो अवधिमा ७५ हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य रहेकोमा ७६ हजार ९ सय मेट्रिक टन क्लिङ्कर उत्पादन भएको छ ।

अघिल्लो वर्ष ६६ हजार ५ सय ९५ मेट्रिक टन क्लिङ्कर उत्पादन भएको थियो । सिमेन्ट बिक्रीका लागि यो अवधिको लक्ष्य १३ लाख २४ हजार बोरा रहेकोमा यो अवधिमा १४ लाख ५६ हजार बोरा बिक्री भएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry