उदयपुर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले स्रोतसाधनको अभावका विच नेपाल प्रहरीले उल्लेखिय प्रगति गरेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय परिषरमा नवनिर्मित भवनको उद्घाटन गर्दै थापाले सिमित श्रोतसाधनको अधिकतम प्रयोगबाट अपराध न्युनिरकणमा प्रगति हासिल गरको बताए ।
उनले दंक्ष जनशक्ति भएर पनि स्रोधसाधन र जनशक्ति कमी हुँदा
तत्काल परिणाम निकाल्न चुनौती थपिएकाले यस्ता संरचनाले प्रहरीलाई काम गर्ने मनोवल बढाएको बताए ।
संरचना निर्माण हुँदै गर्दा जनताको चाहानामा पनि बृद्धी हुँदै जाने भएकाले गुणस्तरिय सेवाप्रवाहका लागि मातहतका युनिटलाई निदेर्शन दिए ।
महानिरीक्षक थापाले पेशागत संस्कृतिका कारण ३ सय ६५ दिनमा एक दिन तलमाथि हुँदा जनताको संगठनमाथि हेर्ने दृष्टिकोण फरक आउने गरेकाले त्यस तर्फ सजग रहेको बताए ।
“विभिन्न घटना न्युनिरकण गर्न संगठन भित्र अलग्यै अनुसन्धान विभागको युनिट राखी काम अघि बढाएका छौ ।, मान्छे अफ्ट्यारोमा पर्दा सबैभन्दा पहिला भगवान त्यसपछि वुवाआमा सम्झिन्छ ।” महानिरीक्षक थापाले भने, “ति दुबै नपुग्ने ठाउँमा प्रहरी पुगेर उद्धार गर्छ तर कसैले वधाई भन्दैन् ।”
उनले देशभरमा ७ सय ८० ठाउँमा प्रहरी कार्यालय र २४ हजार
जनशक्ति माग भएपनि आर्थिक अभावका कारण स्थापना गर्न नसकिएको स्मरण गर्दै क्रमश पुरा हुने विश्वास व्यक्त गरे ।
इकाईमा खटिएका प्रहरी जवान र अधिकृत प्रति लक्षित गर्दै महानिरीक्षक थापाले भने, “पीडित परिवारको ठाउँमा आफु छु भनेर सोच्नुस जसले सत्य र यथार्थलाई नियाल्छ र दोषिलाई कानुनको दायरमा ल्याउँछ ।”
महानिरीक्षक थापाले सोमबार प्रहरी कार्यालय परिषरमा ९ करोड ४९ लाख ९६ हजार ६६८ रुपैँयाको लागतमा साना र ठुला गरी निर्माण भएका ७ वटा भवनको उद्घाटन एकै साथ गरेका हुन् ।
नेपाल सरकारको अनुदानमा प्रहरीले सुबिधा सम्पन्न प्रशासनिक भवनसँगै हिरासत, कार्यालय प्रमुख र सिनियर अधिकृत तथा
प्रहरी जवान व्यारेक आवास, नागरिक सहायता कंक्ष, मेसका भवन निर्माण गरेको हो ।
११ करोड ४२ लाख ३ हजार १ सय ७७ रुपैँयाको लागत स्टिमेट रहेको उक्त भवन ९ करोड बढिमा आशिस आर्शिवाद जेवीले २०७६ पुस ४ गते सम्झौता गरी निर्माणको जिम्मा लिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र वोहोराले सिमित जनशक्ति र स्रोतसाधनका विच काम गर्नु परेको गुनासो पोखे ।
जिल्लाभरका ३८ वटा युनिटबाट नागरिकको सेवामा प्रहरी परिचालित
भएको स्मरण गराउँदै उनले २६ वटा भवन जिणर् रहेकोले वजेट
व्यवस्थापनका लागि आग्रह गरे । उनले ५ सय ६६ जना र ३ दशमलव ४ वर्गकिलोमिटर बराबर एक प्रहरीले सेवा गर्नु पर्ने बाध्यता रहेको बताए ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रमुख
जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार विसी लगायतले जिल्लाका समस्याका बारेमा बोलेका थिए । कार्यक्रममा तोकिएकै समयमा भवन निर्माण गर्ने र विभिन्न तवरबाट सहयोग पुर्याउने दातालाई सम्मानसमेत गरिएको थियो ।