नेपालले पीएनजीलाई हरायाे, राेहित र आरिफकाे १ सय २ रनकाे साझेदारी

Logo
बुधबार, चैत्र ०२, २०७८

काठमाण्डाै – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेटले हराएकाे छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) काे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पीएनजीले दिएकाे दुई सय पाँच रनकाे लक्ष्य नेपालले ४९ ओभर २ बलमा आठ विकेट गुमाएर भेटायाे । नेपालका लागि राेहित पाैडेलले ५८ र आरिफ शेखले ५४ रन बनाए । यस्तै करण केसीले २९, आसिफ शेख १६, विनाेद भण्डारी १२, दीपेन्द्रसिंह ऐरी र साेमपाल समान आठ, ज्ञानेन्द्र मल्ल चार र कुशल भुर्तेल एक रनमा आउट भए ।

नेपालले ४२ रनमा चार विकेट गुमाएकाे अवस्थामा राेहित पाैडेल र आरिफ शेखले पाँचाैँ विकेटका लागि एक सय दुई रनकाे साझेदारी गरे । याेसँगै आरिफ र रोहित शतकीय साझेदारी गर्ने पहिलो नेपाली जोडी बनेका छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रन बनायाे । उसका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए । यस्तै चाद साेपरले ३५, टाेनी उराले २७ र लेगा सियाकाले २५ रन जाेडे ।

बलिङतर्फ नेपालका साेमपाल कामीले तीन विकेट लिए । यस्तै सन्दीप लामिछाने र आरिफ शेखले एक–एक विकेट लिए । यस्तै आजकाे खेलमा ज्ञानेन्द्र मल्लले पहिलाे एकदिवसीय विकेट लिएका छन् । दुई ओभर बलिङ गरेका उनले ६ रन दिएर एक विकेट लिए ।

शृङ्खला अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल पर्सि शुक्रवार यूएईसँग, तेस्रो खेल आउँदो ७ गते यूएईसँग नै र चैत ८ गते अन्तिम खेल पीएनजीसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry