उदयपुर : नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नं १२ ले प्रतिभा टोल र इन्द्रेणीटोल लाई मिलाएर संयुक्त प्रतिभाटोल कमिटी गठन गरेको छ । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै टोल कमिटी गठन अभियान अन्तर्गत आज हिरा बहादुर दाहालको संयजकत्वमा टोल कमिटी गठन गरेको हो ।
नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति बसन्त बस्नेत, त्रियुगा नगरापालिका उपप्रमुख देवि कुमारी चौधरिको उपस्थितिमा टोल कमिटी गठन गरिएको हो ।
टोल कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता वसन्त बस्नेतले मुलुकमा राजनितिक स्थाइत्व भए मात्र देश समृद्ध बन्ने बताउदै राजनितीक स्थाइत्वका लागि कांग्रेसलाई स्थानीय तह देखि नै जिताएर आधार स्थापना गर्न क्रियाशिल कांग्रेस र टोलकमिटीमा भएका सबै सदस्यलाई आग्रह गरे ।
केन्द्रको घर घर जाऔं कांग्रेस जिताऔं अभियानलाई सार्थक बनाउन यो टोल कमिटी गठन पहिलो जग भएको हुदा टोलकमिटि हेर्दा र सुन्दा समान्य भएपनी यस्को ठूलो महत्व भएको नेता बस्नेतले उल्लेख गरे । आफ्नो टोलको बिकाशका निमित्त पनि टोलकमिटी एक जुट भएर सरकार सँग बिकाशका कामहरुको माग्न सकिने हुदा टोलकमिटिको महत्व अझ हुने र राजनीतिक आधार तय हुने कुरामा जोड दिए ।
त्रियुगा नगरापालिकाकी उपमेयर देवि चौधनिले राजनितिको जग टोल कमिटी भएकोले यस्लाई बलियो बनाउन सके नेपाली कांग्रेस बलियो हुने हुदा टोल कमिटी गठनमा नेपाली कांग्रेस १२ ले गरेको निरन्तरतालाई धन्यवाद दिइन ।
नगरपालिकामा मेयर छाडेर उपमेयर मात्र जित्दा नगरले र आफुले केही गर्न नसकेको हुदा आउदो निर्वाचनमा मेयर सहित सम्पुर्ण कांग्रेसका प्रतिनिधिलाई जिताउने गरि टोलकमिटीहरु गठन गर्न र टोल कमिटीले समेत त्यसै गरि काम गर्ने कुरामा विश्वस्त रहेको उपमेयर चौधरिले बताइन ।
संयोजक दाहाल रहेको टोल कमिटिमा इन्द्रेणी टोलबाट सुबाश बि.क.उपसभापति , सचिवमा रेस्मा दाहाल, कोषअध्यक्ष शर्मिला थापा र सदस्य हरु डिक बहादुर बुढाथोकी, ठाकुर रेग्मी, नवीन कार्की र तोड बहादुर कार्की (इन्द्रेणी टोल) रहेका छन ।
यस्तै सल्लाहकार सदस्यमा बासुदेव रेग्मी, मदन रेग्मी, रिता आचार्य, अनिता आचार्य र देवि चरन धमला रहेको वडा १२ का सभापती चुडा काफ्लेले जानकारी दिए ।