उदयपुर । उदयपुरको कटारी नगरपालिका– ५ सिसाघारीमा चिर्पटले हानेर एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
शौचालयमा बसिरहेकी ३७ वर्षीया नानुमाया डाहाललाई चिर्पटले हानेर श्रीमान पोष्टराज दाहालले हत्या गरेका हुन् ।
घरायसी विवादमा सामान्य भनाभन हुँदा दाहालले शौचालय बसी रहेकै स्थानमा गएर दाउराको चिर्पटले हिर्काएका थिए । श्रीमानको चिर्पट प्रहारले श्रीमतीको घटना स्थलमा नै मृत्यु भएको थियो ।
श्रीमतीलाई हत्या गरेको अभियोगमा श्रीमान पोष्टाटाजलाई प्रहरी कार्यालय कटारीले पक्राउ गरेको छ ।
प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि कटारी अस्पताल लगेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।