उदयपुर : उदयपुरगढी गाउपालिकाको टिकट बितरणलाई लिएर एमाले भित्र बिद्रोह हुने भएको छ । मदन भण्डारी फाउन्डेसनका उपाध्यक्ष बसन्त पौडेलले उदयपुरगढी पालिकाको प्रमुखको बागी उम्मेद्वारी दिने भएका छन ।
नेकपा एमाले उदयपुरले गोपाल खत्रीलाई पालिकाको प्रमुखमा उम्मेद्वार बनाए पछि असन्तुष्ट बनेका नेकपा एमाले प्रचार बिभागमा सदस्य समेत रहेका पौडेलले बागी उम्मेद्वारी दिने भएका हुन ।
जिल्लाको चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरापालिकाको टिकट बितरणमा समेत असन्तुष्टि जनाएका पौडेलले उदयपुर गढीमा बागी उम्मेद्वारी दिने निर्णय गरेको जानकारी दिए ।
एमाले उदयपुरगढी गाउपालिका कमिटिले खिलाराज कार्कीलाई पहिलो नम्बरमा पालिका अध्यक्षको लागि सिफारिस गरेको भए पनि अन्तिममा गोपाल खत्रीले टिकट पाए पछि पौडेल समूह असन्तुष्ट बनेको हो ।
गढिगाउपालिकाको वडा नं ७ का वडा सचिव भएर काम गरेका कार्कीले टिकट पाउने आश्वासनमा राजिनामा दिएका थिए । गढी पालिकाको एमाले कमिटी अध्यक्षका भाइ रुद्र खत्रीका कारण गोपाल खत्रीले टिकट पाएको पौडेल पक्षको आरोप छ ।
गोपाल खत्रीले पालिका अध्यक्षको टिकट नपाउने भए अर्को बागी उम्मेद्वार खडा गर्ने कमिटी अध्यक्ष रुद्रले चेतावनी दिएका कारण खत्रीले टिकट पाएको उनिहरुको आरोप छ ।