नेपाली कांग्रेस उदयपुरको त्रियुगा नगरपालिकाका उम्मेद्वारहरु घरदैलो कार्यक्रममा लागेका छन । कांग्रेसका मेयर उपमेयर सहित वडाअध्यक्ष र सदस्यहरुको टिम एक साथ घरदैलो अभियानमा जुटेका हुन ।
“धेरै हेरियो कम्युनिस्टलाई एक पटक हेरौ कांग्रेसलाई” नारा सहित मेयरका उम्मेद्वार वसन्त बस्नेतको टोलि घरघरमा पुग्दा उत्साहजनक सहभागिता रहेको छ ।
“बिकाश पुर्वाधारमा हाम्रो नजर, भ्रष्टाचार रहित हाम्रो नगर” “स्वास्थ्य र शिक्षा निशुल्क सुबिधा, रुख छाप रोजौ नपरि दुबिधा” लगायताका नारा लिएर घरघर पुगेका मेयर वसन्त बस्नेतको टोलीलाई मतदाताहरुले घर-घरमा स्वागत गरेका छन ।
त्रियुगाको मेयरमा उठेका वसन्त बस्नेत उदयपुरको राजनिति र सामाजिक क्षेत्रमा सबैभन्दा उज्वल नक्षेत्र हुन । असाहाय, पिडित, गरिवहरुको मसिहा उपमा पाएका उम्मेद्वार बस्नेत पिडितहरुका घर घर गएर सोधेर साथ सहयोग गर्ने गर्दछन । हाल सम्म लाभको पदमा कहिले नपुगेका उम्मेद्वार बस्नेतले त्रियुगा नगरपालिकाको बिकाशका लागि महत्वपूर्ण भुमिका खेल्दै आएका छन ।