त्रियुगाको फोहोर ब्याबस्थापनमा मेयरको मुख्य चासो, धरानको पानमारामा रहेको फोहोर प्रशोधन केन्द्रको अवलोकन

त्रियुगामा मेडिकल कलेज स्थापनका लागि मन्त्रीहरु सँग परामर्श
Logo
आइतबार, आषाढ १२, २०७९

उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले धरान उपमहानगरपालिकाको पानमारामा रहेको फोहोर प्रसोधन केन्द्रको अबलोकन गरेका छन ।

मेयर बस्नेत संगै नगरका वडा अध्यक्षहरु सुमन्त कोईराला र उद्धव थापा सहितको टोलिले फोहोर प्रशोधन केन्द्रको अवलोकन गरेका हुन ।

नगरका क्रियाशिल युवाहरु सहित धरान पुगेका प्रमुख बस्नेतले त्रियुगाको फोहोर ब्याबस्थापनलाई प्राथमिकतामा राखेका छन ।

त्रियुगा नगरपालिकाको फोहोर ब्यावस्थापन गर्न चुनौतीपूर्ण देखिदै गएको अवस्थामा पानमारामा रहेको फोहोर प्रसोधन केन्द्रको अवलोकनले त्रियुगामा समेत त्यस्तो योजना नगर प्रमुखले बनाएको बुझिएको छ ।

विकसित शहरहरुमा फोहोर ब्याबस्थापन चुनौतीपूर्ण हुँदै गएको अवस्थामा त्रियुगाका मेयर भने यस्मा सचेत देखिएका छन । आफ्नो नीति तथा कार्यक्रममा समेत फोहोर ब्याबस्थापनलाई प्राथमिकता दिएका मेयर बस्नेतले त्रियुगा नगरलाई उत्कृष्ट नगरको रुपमा बिकाश गर्ने बताए ।

आफ्नो घोषणा पत्रमा त्रियुगामा एक मेडिकल कलेजको स्थापना गर्ने उल्लेख गरेका मेयर बस्नेतले प्रदेश १ का मन्त्रीहरु सँग मेडिकल कलेज स्थापनाको लागि छलफल तथा परामर्श गरेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry