

उदयपुरमा । उदयपुरको सिवाईमा मंगलबार बेलुका साँझ ५ बजेतिर परेको चट्याङले एक जना युवाको मृत्यु भएको छ ।
चौदण्डीगढी नगरपालिका–५ शिवाइका २६ वर्षीय रोशन चौधरीको मृत्य भएको हो ।
चट्याङ लागि घाइते भएका चौधरीको उपचारको क्रममा सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।