उदयपुर : नेकपा एमाले निकट विद्यार्थीको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) उदयपुर जिल्ला कमिटीको १६ औं जिल्ला अधिवेशनमा आकांक्षी धेरै हुदा नेतृत्व चयन गर्न सकस भएको छ ।
अध्यक्षकै आकांक्षी तिनजना भएपछि टुंगो लगाउन नसकिएको हो । अध्यक्षमा सन्तोष काफ्ले, प्रवेश ठकुरी र अश्विन कार्कीले आकांक्षा देखाएका छन । सन्तोष काफ्ले त्रीयुगा जनता बहुमुखि क्याम्पसको स्वतन्त्र बिद्यार्थि युनियनका सचिब पनि हुन। यता ठकुरी अधिबेशन आयोजक कमिटीका सह संयोजक हुन ।
बिहिवारबाट जिल्लाको १६ औं अधिवेशनको उद्घाटन र बन्दशत्र सुरु हुदैछ । ३५ सदस्यीय आयोजक कमिटीले आकांक्षीहरु संग संवाद गरि सर्वसम्मत नेतृत्व चयन गरेर जाने आयोजक कमिटीका अध्यक्ष भुवन दाहालले बताए ।