अमेरिकाको न्यूयोर्कमा अर्का दुई जना नेपालीको मृत्यु, कोरोना संक्रमणको आशंका

Logo
आइतबार, चैत्र २३, २०७६

काठमाडौं । अमेरिकामा फेरि दुई जनाको मृत्यु भएको छ । मृत्यु कोरोना संक्रमणका कारण भएको आशंका गरिएको छ ।

कोरोना संक्रमणको इपिसेन्टर बनेको अमेरिकी राज्य न्यूयोर्कमा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुने मुस्ताङ घर भई न्यूयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्ट रहेको स्थानीय मिङमार लामालाई उधृत गर्दै अमेरिकाबाट पत्रकार होम लम्सालले जानकारी दिएका छन् ।

सोनाम अन्दाजी ४० बर्षका रहेका थिए । उनको आफ्नै कोठाभित्रै मृत्यु भएको जनाइएको छ । ज्याक्सन हाईटमा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी भएर घरमा आरम गरिरहेका थिए ।

फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि उनी बसेको स्थानमा गएर हेर्दा मृत अवस्थामा भेटिएको पत्रकार लम्सालले जानकारी दिए । उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि मेडिकल रिपोर्ट आउन भने बाँकी रहेको छ ।

झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ । उनको शव प्रहरीले लगेर गएको छ । उनका आफन्तहरु अमेरिकामा छैनन् ।

त्यस्तै झण्डै १२ बर्षदेखि अमेरिकामा बस्दै आएका थोंग्वेनको पनि ज्याक्सनहाइटमा आफू बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो । थप विवरण आउन बाँकी रहेको छ ।

अमेरिकाका लागि राजदूत डा. अर्जुन कार्कीले घटनाको पुष्टि गरे पनि पूर्ण विवरण आफूलाई आउन बाँकी रहेको बताएको पत्रकार लम्सालले जानकारी दिए ।

यसअघि पनि न्यूयोर्कमै अर्का एक जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry