त्रियुगा नगरपालिकामा दर्ता गरि उद्योग व्यवसाय गर्नेको संख्या साढे ७ हजार

Logo
मंगलबार, साउन ३१, २०७९

उदयपुर । त्रियुगा नगरपालिकामा दर्ता गरि हाल सम्म उद्योग व्यबसाय सञ्चालन गर्नेको संख्या ७ हजार ४ सय ३० पुगेको छ । त्रियुगा नगरपालिका स्थापना भए पश्चात आर्थिक बर्ष २०७८/७९ सम्म त्रियुगा नगरपालिकामा झण्डै साडे ७ हजार उद्योग व्यवसाय दर्ता भएका हुन ।

त्रियुगा नगरपालिकामा दर्ता भएर खाद्यान्न सहित खुद्राबस्तु बिक्रीवितरण गर्नेको सँख्या ३ हजार ९ सय पन्ध्र रहेको नगरपालिकाले जनाएको छ ।

कृषीतर्फ एकल र बहुउद्देश्यीय गरेर ८ सय १९ कृषीफर्म दर्ता रहेका छन । यस्तै ७ वटा काठ मिल, १ सय १९ फर्निचर उद्योग, ६ वटा जडिबुटी प्रशोधन केन्द्र, ५ वटा जुत्ता चप्पल उद्योग, ४९ वटा साना हस्तकला, ५ चाउचाउ उद्योग, २६ वटा दूध डेरि, ७ वटा बिस्कुट उद्योग नगरपालिकामा दर्ता रहेको त्रियुगा नगरपालिका राजस्व शाखा प्रमुख गुरु ढकालले जानकारी दिए ।

ढकालका अनुसार नगरभर ३ वटा गिटि बालुवा प्रशोधन (वाशप्लान्ट), १ क्रशर उद्योग, ५ इटा उद्योग, ६ वटा साबुन उद्योग, ५५ वटा गृल उद्योग, २ स्टेसनरी(कागज उद्योग) र ५२ वटा अन्य उद्योग नगरमा दर्ता रहेका छन ।

यस्तै विशेषज्ञ परामर्श तथा अन्य व्यबसायिक सेवा ९९ वटा, निर्माण व्यबसायी १ सय ५७ रहेको ढकालले बताए । नगरपालिकामा दर्ता नगरी जिल्ला स्थित घरेलु कार्यलयमा मात्र दर्ता गरेर पनि सयौंको संख्यामा व्यबसाय गर्ने हरु रहेका कारण नगर भित्र व्यबसाय गर्नेको संख्या यो भन्दा बढी रहेको ढकालले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry