उदयपुर सिमेन्ट उद्योगका नवनियुक्त अध्यक्षले गरे पदभार ग्रहण

Logo
खेमराज दाहाल बिहिबार, भाद्र ०२, २०७९

उदयपुर । सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडका नवनियुक्त अध्यक्ष केशव कुमार बस्नेतले बुधबार पदवाहाली गरेका छन ।

साउन १४ गतेको मन्त्री परिषदको निणर्यद्धारा संचालक समितिको अध्यक्ष पदमा नियुक्त भएका उदयपुर गाईघाटका स्थानीयबासी बस्नेतले बुधबार पदवहाली गरेका हुन ।

अध्यक्ष बस्नेतलाई स्वागत गर्दै उद्योगको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेज्यूले उदयपुर सिमेन्ट उद्योगको समग्र बस्तुस्थितीको बारेमा जानकारी गराए थिए ।

बस्नेत सँगै नवनियुक्त संचालक समिति सदस्यहरु लिल बहादुर बस्नेत, कुवेर प्रसाद राई, रमेश कुमार चौधरीलाई समेत उद्योगको तर्फबाट स्वागत गरेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए ।

सोहि अवसरमा नवनियुक्त अध्यक्ष बस्नेतले उत्पादन बृद्धि गर्न अत्यावश्यक पर्ने लगानीको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफु स्थानीय बासि भएको नाताले समेत यस उद्योगको उत्पादनको लागि खानीमा रहेको गुणस्तरीय तथा अपार चुनढुङ्गको उपयोगिताको लागि सवैको साथ सहयोग लिएर अगाडि बढ्ने प्रतिवद्धता जनाएको उदयपुर सिमेन्ट उद्योगले जनाएको छ ।

उद्योगमा जडान गरिएको मिल मेसिनरीहरु जिर्ण अवस्थामा रहेकोले सोको पुनः निर्माणका लागि नेपाल सरकारवाट अनुदान, नेपाल सरकार वा कुनै वाणिज्य बैङ्कवाट सहुलियत ऋण लिई पुनः निर्माण/प्रतिस्थापन तथा मर्मत संभार गरी उद्योगको जडित क्षमता अनुसार उत्पादनमा रकम जुटाउने उद्योगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

उद्योगको खानी क्षेत्रमा रहेको चुनढुङ्गाको ३० वर्ष भित्रमा उचित सदुपयोग गर्न पहल कदमी गर्ने, गैंडा छाप सिमेण्टको गुणस्तरलाई कायम राख्न व्यवस्थापन, कर्मचारी युनियन लगायत आम कर्मचारीहरुसँग मिलेर अघि बढ्ने अध्यक्ष बस्नेतले बताएको विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry