उदयपुर । त्रियुगा नगरपालिका वडा नं १२ को नेपाली काँग्रेस पार्टी वडा कार्यलय शुक्रबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल कार्कीले रिवन काटेर गरेका हुन ।
कार्यवाहक वडा सभापति पर्शुराम थारुको अध्यक्षता तथा नेपाली काँग्रेसका प्रदेश १ सरकारका भौतिक पुर्वाधार बिकाश मन्त्री तथा जिल्ला सभापति हिमाल कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा बिशेश अतिथी प्रदेश संसद सञ्जा दनुवार, त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेत, उदयपुर क्षेत्र नं. १ प्रदेश (ख) का सभापति सरोज बस्नेतले सयुक्तरुपमा कार्यलयको उद्घाटन गरेका हुन ।
त्रियुगा नगरपालिका वडा नं. १२ स्थित शनि मन्दिर नजिकै रहेको भवन भाडामा लिएर वडा कार्यालय स्थापना गरिएको वडा सभापती तथा १२ नं. वडा वडाध्यक्ष चुडाराज काफ्ले जानकारी दिए ।
उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि कार्कीले संघ र प्रदेशको निर्वाचन नजिकिदै गएको र केन्द्रले गठबन्धन गरेर जाने निर्णय गरेको हुदा पार्टीका कुनैपनि तहका नेता तथा कार्यकर्ताले पार्टीको निर्णय बिरुद्ध जान नहुने उल्लेख गरे । निर्वाचनको मुखमा १२ नं. वडा कमिटीले गरेको यो कार्यलय स्थापनाले आउदो निर्वाचनलाई अरु शसक्त भएर जाने संदेश दिएको भन्दै अन्य वडाले पनि यस किसिमको जागरुकता देखाउन आग्रग गरे ।
“अधिबेशनमा देखिएको मत मतान्तरलाई लिएर पार्टीको विरुद्धमा कसैलाई पनि जान छुट छैन” सभापति कार्कीले भने, “भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा धेरै साथीहरुको आंकाक्षा थियो टिकटमा तर सबैलाई पुर्याउन सकिन्दैन थियो ती साथीहरुको पनि उचित व्यवस्थापन पार्टीले गर्नेछ ।”
यस्तै कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिका प्रमुख वसन्त बस्नेतले जिल्लाको सदरमुकाम सँगै टासिएर रहेर पनि बिकासमा पछि परेको वडा नं. १२ को बिकासका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताए ।
सांगठनिक रुपमा बलियो हुँदै गएको यस वडाले यस पटक मेयर उपमेयर देखि सबै पदमा राम्रो मत ल्याउन सफल भएको प्रती आभार ब्याक्त गर्दै अझ संगठनलाई मजबुत बनाउन कार्यलय स्थापना गरेको प्रती शुभकामना व्यक्त गरे ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभापति सरोज बस्नेतले १२ नं. कांग्रेसले गरेको सांगठनिक प्रगती प्रती खुसी ब्यक्त गर्दै कार्यलय स्थापना गरेर संगठनलाई अझ प्रभावकारी बनाएर लैजना शुभकामना दिए ।
उद्घाटन समारोहमा महाधिवेशन प्रतिनिधि तथा वडा नं. ११ का वडा अध्यक्ष सुमन्त कोइराला, महाधिवेशन प्रतिनिधि सरिता राई, तारा राई, निवर्तमान उप मेयर देवि चौधरी, महिला संघकी अध्यक्ष लिला राई , महिला नेत्री बिमला राई, युवा नेता सुमन चौधरी, नगरकमिटिका पदाधिकारी र सदस्यहरु लगायतका नेताहरुको उपस्थिति थियो ।