

उदयपुर । नगरपालिकाका मेयर बसन्त बस्नेतले आफू निर्वाचित भए पछिका सय दिनमा गरेको उपलब्धि आज सार्वजनिक गरेको छन । आज नगरपालिकामा पत्रकार सम्मेलन गर्दै मेयर बसन्त बस्नेतले २९ बुदे उपलब्धि सार्वजनिक गरेका हुन ।
त्रियुगा नगरपालिकाका मेयर बस्नेतले सार्वजनिक गरेको उपलब्धिमा मुसहर समुदायको सर्वाङगिण विकास कार्यक्रम, प्रसाशकिय भवन निर्माण सम्झौता, एम्बुलेन्स बितरण लगायतलाई उपलब्धीमा उल्लेख गरेका छन । यस्तै टेलिकम टावर निर्माण, वडामा प्राविधिक कर्मचारी राख्ने निर्णय, डम्पिङ्ग साईट निर्माणको प्रारम्भिक कार्य शुरु गरिएको उल्लेख गरिएको छ भने यो अवधिमा नगरले नगरको महिला शौचालयमा स्यानीटरी प्याड राख्ने कार्य समेत शुरु गरेको छ ।
वडा नं. ४ बगाहामा लगानी बोर्ड र नगरको साझेदारीमा मेडिकल कलेजको स्थापनाको लागी कार्य प्रारम्भ गरेर जिल्लामै मेडिकल कलेज स्थापना गर्न लागेको उल्लेख गरेको छ ।
यस्ता छन मेयर बस्नेतले सय दिनमा गरेका उपलब्धि हरु यस्ता छन –
१ त्रियुगा नगरपालिकाको नवौ नगर सभा २०७९ असार १० र ३० गते सम्पन्न भई चालु आ.वको वार्षिक वजेट तथा कार्यक्रम स्वीकृत भई सोहि अनुसार कार्य हुने व्यवस्था मिलाईएको छ ।
२ “आमाको स्वास्थ” र बैक्लपिक उर्जा प्रवर्धन कार्यक्रम अन्तर्गत खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय, प्रदेश नं. १ बाट ३२५ र त्रियुगा नगरपालिकाको तर्फबाट २६६ गरी जम्मा ५९१ थान बिद्युतिय चुलो सवै वडा मार्फत वडाबासीहरुमा वितरण गरिएको छ ।
३ त्रियुगा नगरपालिका क्षेत्र भित्र सामाजिक सुरक्षा भत्ता ८ वटा बैक मार्फत वितरण भई रहेकोमा प्रत्येक त्रैमासिक रुपमा एक दिन अशक्त, विरामीका लागि लक्षित गरी घरदैलोसम्म नै पुगेर भत्ता दिने कार्य थालनी गरी वडा नं. १४,१५ र १६ मा वडा कार्यालयमै गएर भत्ता वितरण गर्ने व्यवस्था गरिएको छ । यसमा नगरपालिका र सम्बन्धित बैंकबाट लागत साझेदारी गरिनेछ ।
४ त्रियुगा नगरपालिकाको सम्पूर्ण भुक्तानी प्रणालीलाई विद्युतीय भुक्तानी प्रणाली इ पेमेन्ट सिस्टम मार्फत भुक्तानी हुने व्यवस्था मिलाईएको छ ।
५ विश्व वैंकको अनुदान सहयोगमा नेपाल शहरी शासकीय पूर्वाधार आयोजना अन्तर्गत १० कि.मी सडक डिजाईन सुपरभिजन कन्सल्टयान्ट कार्यको लागि निकट भविष्यमा नै सम्झौता हुने व्यवस्था मिलाईएको छ ।
६ वर्षातको कारणले घर आवस कृषि योग्य जमिन कटान कार्यलाई तत्काल सम्बोधन गर्नको लागि प्रत्येक वडा मार्फत तार जालि उपलब्ध गराई विपद व्यवस्थापनको कार्य भएको छ ।
७ PLGSP को सहयोगमा चौदण्डिगढी नगरपालिका, त्रियुगा नगरपालिका र रौतामाई नगरपालिकाको लागत साझेदारीमा एकिकृत विपद व्यवस्थापन केन्द्र स्थापनाको लागि व्यवस्था मिलाईएको छ ।
८ PLGSP सँगको लागत साझेदारीमा २ वटा नवप्रवर्तनकारी “विद्युतीय शासन प्रणालीको माध्यमवाट स्थानीय शासन सुदृढीकरण परियोजना” र “मुसहर समुदायको सर्वागीङ्ण विकास परियोजना” संचालनमा ल्याईएको छ ।
९ त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणको लागि चालु आ.व।.मा ३ करोड रुपैया विनियोजन गरिएको छ साथै उक्त कार्यको लागि भवन निर्माण कम्पनी ज्ञानज्योति विल्डर्स प्रा.लि, चौरदेउराली काभ्रे तथा त्रियुगा नगरपालिका विच सम्झौतासम्पन्न भईसकेको अवस्था छ ।
१० शहरी शौन्दर्यकरण कार्यक्रम अन्तर्गत गाईघाटको मूख्य वजार क्षेत्रमा रहेको सडक डिभाइडरहरुमा दुवो रोपण कार्यक्रम गरिएको छ ।
११ त्रियुगा नगरवासीहरुको उपाचारको लागि सहज वातावरण निर्माण गर्नको लागि त्रियुगा नगरपालिका वडा नं. ७ स्थित संगम समाज नेपाललाई एम्वुलेन्स वितरण गरिएको छ ।
१२ त्रियुगा नगरपालिका वडा नं. ५ देउरी स्वास्थ्य चौकीलाई ग्रामिण अल्ट्रासाउण्ड लगायतका विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरि सेवा दिने व्यवस्था मिलाईएको छ ।
१३ सहज संचारको लागि त्रियुगा नगरपालिका वडा नं. ५ दमौती र त्रियुगा नगरपालिका वडा नं. ६ घनचक्रेमा नेपाल टेलिकमको टावर निर्माणको व्यवस्था मिलाईएको छ ।
१४ त्रियुगा नगरपालिका क्षेत्र भित्र उपभोक्ता समिति मार्फत संचालन हुने योजनाहरुको हकमा उपभोक्ता समितिको लागत सहभागिताको अंश १५ प्रतिशत निर्धारण गरिएको छ ।
१५ त्रियुगा नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने अति विपन्न र सिमान्तकृत परिवार एंव पत्रकारहरुलाई वार्षिक रुपमा स्वास्थ्य विमा गर्न लाग्ने शुल्कको ५० प्रतिशतले हुने रकम अनुदान स्वरुप उपलब्ध गराईने व्यवस्था मिलाईएको छ।
१६ एक वडा एक प्राविधिक कर्मचारी अवधारणा अन्तर्गत प्रत्येक वडामा प्राविधिक कर्मचारी तथा सडक वत्ति विस्तारको लागि ईलेक्ट्रिसियनको व्यवस्था गरिएको छ ।
१७ चालु आ.व २०७९/८० मा संचालन हुने योजनाहरुमध्ये रु ९००००० (९ नौ लाख) सम्मका योजनाहरुको उपभोक्ता समिति गठन, प्राविधिक मूल्याङ्कन लगायतका कार्यहरु वडा कार्यालयबाटै सम्पन्न हुने व्यवस्था मिलाईएको छ ।
१८ ऐलानी जग्गा व्यवस्थापनको लागि वडागत बजेटमा रु पाँच लाख विनियोजन गरी लगत संकलनको कार्य १६ वटै वडाहरुमा भईरहेको छ ।
१९ त्रियुगा नगरपालिकाको फोहोरमैला व्यवस्थापनको लागि वडा नं. १३ फूलजोरमा डम्पिङ्ग साईट निर्माणको लागि प्रारम्भिक कार्य शुरु गरिएको छ ।
२० वडा नं. ३ रामजानकी मन्दिर मोतिगडाको नाममा रहेको १५ कठ्ठा जग्गामा फलफुल तथा तरकारी वजार र साना सवारी साधन पार्किङ्गको लागि त्रियुगा नगरपालिका, त्रियुगा उद्योग बाणिज्य संघ र राम जानकी मन्दिर व्यवस्थापन समिति विच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।
२१ त्रियुगा नगरपालिकाको १६ वटा वडाहरुमा रहेका मेलमिलापकर्ताहरुलाई सूचिकृत गर्ने तथा सबै वडा कार्यालयहरुमा वडा मेलमिलाप केन्द्र पुनर्गठन गरिएको छ ।
२२ त्रियुगा नगरपालिका वजार क्षेत्रमा रहेका अव्यवस्थित फलफुल तथा तरकारी व्यवसायीहरुलाई स्थानान्तरण गरी वजार क्षेत्र व्यवस्थापन कार्य गरिएको र उचित नियमनको व्यवस्था मिलाईएको छ।
२३ त्रियुगा नगरपालिकाको कार्यलयमा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ । साथै सम्पूर्ण वडा कार्यालयमा निर्माणको लागि निर्देशन दिईएको छ ।
२४ त्रियुगा नगरपालिकाको कार्यालय भित्र रहेको महिला शौचालयमा अनिवार्य रुपमा दैनिक रुपमा स्यानिटेरी प्याडको व्यवस्था गरिएको छ ।
२५ त्रियुगा नगरपालिकामा वसोवास गर्ने अपाङ्ग व्यक्तिहरुमध्ये “क” वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै गएर अपाङ्ग परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाईएको छ । जस्मा हाल सम्म “क” वर्गको २२ जना, “ख” वर्गको २७ जना, “ग” वर्गको ५ जना र “घ” वर्गको ५ जना गरि जम्मा ५९ जनालाई परिचय पत्र वितरण गरिसकिएको छ ।
२६ त्रियुगा नगरपालिका वडा नं ७ मा खानेपानी आयोजना अन्तर्गत पाईपलाईन विस्तार तथा खानेपानी ट्याङ्कि निर्माण गरी सहुलियत रुपामा खानेपानी वितरणको व्यवस्था मिलाईएको छ।
२७ त्रियुगा नगरपालिकाको “हेल्लो उपमेयर” कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिका क्षेत्रमा वसोवास गर्ने मानसिक अवस्था कमजोर रहेका ५ जना व्यक्तिहरुलाई परामर्श, स्वास्थोपचार तथा पारिवारिक पुनरमिलनको व्यवस्था मिलाईएको छ।
२८ त्रियुगा नगरपालिकाको वडा नं ४ वगाहामा लगानी वोर्ड र त्रियुगा नगरपालिकाको साझेदारीमा मेडिकल कलेज स्थापनाको लागि कार्य प्रारम्भ भएको छ
।
२९ जनप्रतिनिधि वहाल भएको १०० दिनको मूल्यांकन गर्दा यस अवधिमा संवैधानिक ब्यवस्था अनुरुप नीतिगत खाका, कार्यविधि, मापदण्ड, प्रक्रियागत व्यवस्था, जनशक्ति, कार्यालय भवनको प्रवन्ध, जिल्ला स्थित विषयगत कार्यालयहरुसँगको समन्वयले मुख्य प्राथमिकता पायो । साथै, नगर सभाबाट स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई कार्यरुप दिन वार्षिक कार्यक्रम कार्ययोजना तयार भएको छ ।
१०० दिनमा गरिएको अभ्यास र अनुभवबाट आगामी दिनमा के कसरी कुन विधि र प्रक्रियाबाट नगरवासीको अपेक्षा अनुसार विकास र सुशासनलाई दिगो र प्रभावकारी बनाउन सकिन्छ भन्ने पक्षमा चुनौती सहितको मार्ग दर्शन प्राप्त भएको छ । यस अवधिमा नगर सरकारको कार्यलाई प्रभावकारी बनाउन आम नगरवासी नागरिकहरुबाट प्राप्त सकारात्मक पृष्ठपोषण तथा निर्वाचित जनप्रतिनिधिहरुको सुझाव र सहयोगको उच्च मूल्यांकन गरिएको छ । साथै, निर्वाचित जनप्रतिनिधिहरुको दैनिक कार्य सञ्चालनमा अहोरात्र साथ दिनुहुने उपप्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत श्री मान बहादुर वन, वडा अध्यक्षहरु, वडा समितिका सबै पदाधिकारीहरु, कार्यपालिकाका सदस्यहरु, नगर सभाका सदस्यहरु, यस नगरपालिका सम्पूर्ण कर्मचारीहरु, विषयगत शाखाका कर्मचारीहरु र नगरमा क्रियाशील राजनैतिक दल, संगठित संघ संस्था तथा पत्रकारहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ वढि क्रियाशील रचनात्मक सहयोगको अपेक्षा राख्दछु ।
त्रियुगा नगरपालिका
नगर प्रमुख
वसन्त कुमार बस्नेत