उदयपुर — उदयपुरको क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा कांग्रेसको तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्काले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
डा खड्काका लागि नेपाली कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियार प्रस्तावक र पूर्व क्षेत्रीय सभापति भोजराज खतिवडा समर्थक भएर मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद सुवेदीले बताए ।
यस्तै प्रदेश सभा १ (ख) बाट हिमाल कार्कीले मनोनयन दर्ता गराएका छन । भिमचन्द्र राई प्रस्तावक र प्रकाश कुमार खड्का समर्थक भएर सडक पूर्वाधार तथा शहरी बिकास मन्त्री हिमाल कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन ।