उदयपुर। मंसिर ४ गते हुने संघीय र प्रदेश सभा सदस्यको निर्वाचनको लागि सत्ता गठबन्धनका उम्मेद्वारलाई जिताउन नेपाली कांग्रेस उदयपुरले मूल निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ।
निवर्तमान पार्टी सभापति बिदुर बस्नेत संयोजक रहेको मूल परिचालन समितिको आज जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले निवर्तमान पार्टी सचिव मदनराज कटुवाललाई सदस्य सचिव बनाउदै पूर्णता दिएको हो।
बैठकले मूल निर्वाचन परिचालन समितिलाई परिचालन गर्न फेरी आर्थिक समिति समेत बनाएको छ। पार्टीको कोषाध्यक्ष मौसम राइको संयाजकत्वमा बनेको समितिमा टिकाराम बुढाथोकी र प्रकाश थापा सदस्य रहेका छन।
मूल निर्वाचन परिचालन समितिले जिल्लाका आठै पालिकामा निर्वाचन परिचालन समिति बनाउने सचिव कटुवालले बताए।
४ दलिय गठबन्धनमा उदयपुर निर्वाचन क्षेत्र नं.१ प्रतिनिधि सभा नेपाली कांग्रेस, प्रदेस (क) माओवादी र प्रदेस ( ख ) नेपाली कांग्रेसको भागमा परेको छ । यता क्षेत्र नं २ मा एकीकृत समाजवादी, प्रदेश (क) माओबादी र प्रदेश (ख) कांग्रेसको भागमा परेको छ।