त्रियुगाको बगाहामा मेडिकल कलेज स्थापना गर्ने बिषयले सार्थकता पाउदै

Logo
बुधबार, कार्तिक २३, २०७९

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा मेडिकल कलेज स्थापना गर्ने बिषयले मुर्त रुप लिदै आएको छ । मेडिकल कलेज स्थापनाका लागि बिस्तृत प्रतिबेदन ( DPR ) बनाउन आबश्यक कागजातहरु तयार गर्न परामर्शदाता चयन गर्न तिन सदस्य समिति बनेको छ।

प्रदेश लगानी प्रबिधिकरण संयोजक, त्रियुगा नगरपालिका सदस्य र नेपाल पूर्वाधार बिकास बैक सदस्य सचिब रहने गरि बिस्तृत प्रतिबेदन ( DPR ) तयारी समिति बनेको हो।

त्रियुगामा मेडिकल स्स्थापना गराएर छाड्ने मेयर बसन्त बस्नेतको सपनाले यो समिति बने संगै सार्थकता पाउने भएको छ। यस अघि चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले उदयपुर आएर मेडिकल कलेज स्थापनाको अध्ययन गरेका थिए । आफ्नो अभियानमा डा. केसीले उदयपुरमा मेडिकल कलेज स्थापनाका लागि माग राख्दै आएका थिए ।

२०७५ सालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित मेडिकल कलेज स्थापना सम्बन्धी अध्ययन कार्यदलका संयोजक प्राध्यापक मधुसुधन सुबेदी नेतृत्वको ३ सदस्यीय टोलीले नगरपालिकामा आएर स्थलगत अध्ययन अवलोकन समेत गरि सकेको छ ।

यता मेडिकल स्थापनाका लागि जग्गा छनोट भएर जग्गाको अवलोकन र बाँकी प्रक्रिया समेत पुरा भैसकेको छ। प्रदेश लगानी बोर्ड, निफ्रा र त्रियुगा नगरपालिकाको संयुक्त लगानीमा मेडिकल कलेज स्थापना हुने भएको हो।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry