प्रदेश १ मा सरकार बनाउन सकस, १ सिट रहेको जसपा सरकार बनाउन निर्णायक

Logo
बुधबार, मंसिर २१, २०७९

उदयपुर । प्रदेश एकमा ठुलो मत अग्रताका साथ नेकपा एमाले पहिलो दल बनेको छ । ९३ सिट रहेको प्रदेश १ सभामा एमाले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी ४० सिट जितेर पहिलो दल बनेको हो ।

प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सहित २९ सिट जितेर नेपाली कांग्रेस दोस्रो दल बनेको छ ।

प्रत्यक्षमा ९ र समानुपातिकमा ४ सहित १३ सिट जितेर माओवादी तेस्रो दल बनेको छ । त्यस्तै, राप्रपाले प्रत्यक्षमा दुई र समानुपातिकमा चार गरी र ६ सिट जित्दै चौथो पार्टी बनेको छ ।

एकीकृत समाजवादीले प्रत्यक्षमा तीन र समानुपातिकमा एकसहित चार सिट जितेको छ । प्रत्यक्षमा कुनै जित ननिकालेको जसपाले समानुपातिकमा एक सिट पाएको छ ।

सरकार बनाउन समस्या
१ नं प्रदेश सभामा सरकार बनाउन सकस देखिएको छ । सत्ता गठबन्धन र एमाले गठबन्धन दुवैको स्पष्ट बहुमत नआउदा प्रदेश १ मा सरकार गठनमा सकस देखिएको हो ।

१ नं प्रदेश सभामा प्रत्यक्षतर्फ ५६ सिटमध्ये हालसम्म एमाले गठबन्धनले २७ सिट जित्दा सत्ता गठबन्धनले २९ सिट जितेको छ । समानुपातिकतर्फ एमाले गठबन्धनको ९ लाख २५ हजार ६ सय ९४ मत रहेको छ भने सत्ता गठबन्धनको ८ लाख १ सय ५८ मत रहेको छ ।

समानुपातिकमा ३७ सिट रहेको १ नं प्रदेश सभामा एमालेले समानुपातिकमा १५ सिट, कांग्रेसले १२, माओवादीले ४, राप्रपाले ४, एकीकृत समाजवादीले १ र जसपाले १ सिट जितेको छ ।

प्रत्यक्ष र समानुपातिक गरेर सत्ता गठबन्धनको ४६ सिट पुग्दा नेकपा एमाले एक्लैले ४० र एमाले गठबन्धनमा रहेको राप्रपाले ६ र जसपाले १ गरि ४७ पुर्याएको छ ।

प्रदेश १ मा सरकार बनाउन ४७ सदस्य आवस्यक पर्ने छ । जसमा सत्ता गठबन्धनको ४६ मात्र संसद रहेका छन । एमाले गठबन्धनमा ४७ रहे पनि गठबन्धन भित्र रहेको जसपाले एमालेलाई सरकार बनाउन सहयोग नगर्ने बताउदा एमाले गठबन्धन पनि सरकार बनाउन असमर्थ रहेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry