उदयपुर । १ नं प्रदेश सभामा उदयपुरबाट ८ जना संसद देखिने भएका छन । प्रत्यक्ष ४ र समानुपातिक ४ गरि उदयपुरका ८ संसदले १ नं प्रदेश सभामा प्रतिनिधित्व गर्ने भएका हुन ।
उदयपुरमा प्रत्यक्षमा शून्य रहेको नेकपा एमालेले प्रदेश सभामा समानुपातिकबाट २ जना, कांग्रेसबाट २ प्रत्यक्ष र एक समानुपातिक र माओवादीका प्रत्यक्ष २ र समानुपातिक १ गरि जम्मा ८ जना संसदले प्रतिनिधित्व गर्ने भएका हुन ।
प्रत्यक्षमा कांग्रेसबाट हिमाल कार्की र राम कुमार खत्री, माओवादीबाट नारायण बुर्जा मगर र राजन किराँती रहेका छन । यस्तै समानुपातिकमा एमालेबाट सिर्जना दनुवार र गिता रेग्मी, कांग्रेसबाट लिला कुमारी राई र माओवादीबाट सम्झना तामाङ रहेका छन ।
दुई प्रतिनिधिसभा रहेको उदयपुर जिल्लामा एमालेले एक र कांग्रेसले एक प्रतिनिधि सभा सदस्य जितेका छन । प्रतिनिधीसभा तर्फ उदयपुरबाट एमालेले ३७ हजार ७ सय ३९ मत पाएको छ । रुखले २९ हजार ९ सय ९१ पाउँदा माओवादीले १७ हजार १ सय ४५ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार १ सय ४३ मत ल्याएको छ ।
४ प्रदेश सभा रहेको यहाँ एमालेले प्रत्यक्षमा जित्न सकेको छैन तर समानुपातिक मतमा भने एमाले पहिलो दल बनेको छ । प्रदेश सभा तर्फ एमालेले ३९ हजार ७ सय ५४ मत पाएको छ । कांग्रेसले ३० हजार १ सय ४५ मत पाउँदा माओवादीले १५ हजार ४ सय ९७ मत पाएको छ ।