शेखर र विश्वप्रकाशको प्रस्ताव र समर्थनमा गगन संसदीय दलमा देउवा सँगै भिड्दै

Logo
मंगलबार, पुष ०५, २०७९

काठमाडौं । कांग्रेसको संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा संसदीय दल नेताका लागि उम्मेदवार हुने समझदारी बनेको छ।

आज लैनचौरस्थित एम्बास्डर होटलमा भएको संस्थापनइतर समूहको भेलाले नेता शेखर कोइरालाको प्रस्तावमा महामन्त्री थापा संसदीय दल नेता उठ्ने समझदारी बनेको छ।

१५ औं महाधिवेशनमा महामन्त्री थापासहितले नेता कोइरालालाई  सहयोग गर्ने गरी समझदारी बनेको एक नेताले बताए।

संस्थापनइतर समूहबाट नेता कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेपछि एक जना मात्रै उम्मेदवार उठाउन केही दिनदेखि संस्थापनइतर समूहको भेला हुँदै आएका थिए।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि संसदीय दल नेताको उम्मेदवारका लागि गगन थापालाई समर्थन गर्ने घोषणा गरिसकेका छन्।

संस्थापन समूहबाट भने सभापति शेरबहादुर देउवा संसदीय दल नेताका लागि उम्मेदवार हुने पक्का छ। अब संसदीय दल नेताका लागि देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ।

निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने हुन्छ। मनोनयन दर्ताका लागि कांग्रेसले ५१ हजार शुल्क तोकेको छ।

कांग्रेसमा प्रतिनिधि सभामा ८९ जना सांसद छन्। उनीहरूले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान गरेर दलको नेता चयन गर्नेछन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry