अवैध क्रसर बन्द गर्न जिल्ला प्रशासन कार्यलय उदयपुरको निर्देशन

Logo
सोमबार, पुष २५, २०७९

उदयपुर – उदयपुरमा अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालय उदयपुरले सूचना जारी गरेको छ । अवैध रुपमा संचालनमा आएका क्रसरहरु सोमबारबाट लागू हुने गरी बन्द गर्न सूचना जारी गरेको हो ।

प्रचलित कानून बमोजिम दर्ता तथा नविकरण नगरी संचालन अनुमती नलिई संचालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा क्रसिङ, उत्खनन, प्रशोधन कार्यमा संलग्न उद्योगहरुलाई बन्द गर्न सूचनामा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलद्वारा जारी सूचनामा यस अघि मदन भण्डारी राजमार्ग लगायत विभिन्न आयोजना विकास तथा निर्माणको क्रममा आवश्यक परिमाणमा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमती प्राप्त उद्योगहरु पनि बन्द गर्न निर्देशन दिइएको छ ।

सूचना विपरित ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन तथा दोहन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जनाएका छन । उनका अनुसार प्रचलित कानून बमोजिम वैध रुपमा संचालन भइरहेको क्रसर उद्योग भए वैधता पुष्टी हुने कागज प्रमाण सहित पुस २७ गते भित्र प्रमाण पेश गर्न अनुरोध गरिएको छ ।

क्रसर सञ्चालन मापदण्डमा राष्ट्रिय वन क्षेत्रबाट दुई किलोमिटर र चुरे क्षेत्रभन्दा एक किलोमिटर टाढा मात्र क्रसर उद्योग राख्न पाइने व्यवस्था छ । तर, यहाँका अधिकांश क्रसर चुरे र वन क्षेत्रमै सञ्चालन हुँदै आएका छन । जिल्लाका आधा दर्जनबढी क्रसर उद्योगमध्ये अधिकांशले क्रसर उद्योग सञ्चालन मापदण्डले तोकेको मापदण्डअनुसार नभएको घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले यसअघि गरेको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

खोला क्षेत्रभन्दा ५ सय मिटर टाढा क्रसर राख्नु पर्ने व्यवस्था भए पनि ९० प्रतिशत क्रसर खोला भित्रै रहेको घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको यस अघिको अनुगमन प्रतिवेदनको रिर्पोटमा उल्लेख छ । खोलामा एक्स्काभेटर प्रयोग गरेर उत्खनन गर्न प्रतिबन्ध लगाइएको भए पनि उद्योगीले खोलामै एक्स्काभेटरले उत्खनन गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry