त्रियुगा नगरपालिकाको १० औं नगरसभा सम्पन्न

Logo
शुक्रबार, पुष २९, २०७९

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाको १० औं नगरसभा शुक्रबार सम्पन्न भएको छ । नगरसभाले आफ्नो कार्य सुचिमा रहेका ३७ भन्दा बढी नीति तथा कार्यबिधी सर्वसम्मत रुपमा पारित गरेको छ।

बिधायक सभाको रुपमा हेरियको १० औं नगरसभाको मूल उदेश्य संसोधित पुरक बजेट र ९ औं नगरसभाले पारित गरेका नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्ने रहेको त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए।

नगरपालिकाकाको सभा हलमा भएको कार्यक्रममा योजनाहरुको संशोधित योजना तथा कार्यक्रम सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । नगर प्रमुख बस्नेतका अनुसार ९ औं नगरसभाले चालु आ.व.को लागि प्रस्तुत गरेको कुल बजेट तथा कार्यक्रमहरु अनुमान गरे अनुसारको कुल राजश्व लक्ष्य अनुसार संकलन हुन नसक्ने अवस्था देखिएकाले सामान्य संशोधन गर्न आवश्यक भएको हो।

त्रियुगा नगरबासीको सम्मानयुक्त जीवन यापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवा प्रवाह, नितिगत तथा संस्थागत क्षमता बिकास, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका बिषयलाई १० औं नगरसभाले प्राथमिकतामा राखेको नगर प्रमुख बस्नेतले बताए ।

नगरसभालाई सम्बोधन गर्दै उपप्रमुख महेश्वरी राइले नगरको बिकास र समृद्धिलाई साझा स्वार्थ बनाउनुपर्ने र नगरसभाले नगरको सुशासन पारदर्शिता र समुन्नतिका अधार प्रस्तुत गर्ने बताइन।

नगरसभामा स्वागत मन्तब्य राख्दै प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले हाल सम्म भएका नगरका हरेक कार्यक्रम र प्रस्ताव सर्वसम्मत रुपमा पारित हुदै आएकोमा कार्यपालिका र नगर सदस्यहरुलाई धन्यबाद दिए।

यस्तो छ नगर प्रमुख बस्नेतले १० औं नगर सभामा गरेको सम्बोधनको पूर्ण पाठ :

१० औं नगर सभा सभाध्यक्ष तथा त्रियुगा नगरपालिकाका उपप्रमुखज्यू,
नगर सभाका सदस्यज्यूहरु,
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको स्थापना र स्थानीय तहको पुनःसंरचना पश्चात दोश्रो कार्यकालका लागि जननिर्वाचित प्रतिनिधिको हैसियतले यस त्रियुगा नगरपालिकाको दशौ नगर सभामा सहभागी भई तपाई सम्पुर्ण नगर सभा सदस्यज्यूहरु विच गरीमामय दशौ नगर सभाको उद्धघाटन गर्न पाउदा म गौरवान्वित भएको छु ।

यस अवसरमा नेपालको विभिन्न कालखण्डमा भएका राजनैतिक क्रान्ति, जनयुद्द र जनआन्दोलनमा परीवर्तनका खातिर देश र जनताका निम्ति जिवन उत्सर्ग गर्ने ती महान ज्ञात अज्ञात सहिदहरुको योगदान स्मरण गर्न चाहान्छु र उहाहरु प्रति भावपूर्ण श्रदान्जलि अर्पण गर्दछु ।

यस गरिमामय सभाका सभाध्यक्ष महोदय,

संविधानद्वारा प्रद्धत स्थानीय सरकारका कार्यहरु र यस नगरलाई प्राप्त सिमित आर्थीक श्रोतहरु विच नागरिकहरुको उर्लदो अपेक्षा पुरा गर्ने गहन र चुनौतीपूर्ण कार्य हामी निर्वाचित जनप्रतिनिधिहरु माझ रहेको छ । हामी स्थानीय तहको निर्वाचनमा निर्वाचित भए पछीको नवौ नगर सभा सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी पुरा गरी दशौ नगर सभाको पूर्व संध्यामा छौ । नवौ नगर सभामा हामीले उल्लेख गरेका नीति तथा कार्यक्रमलाई निरन्तर दिदै प्रभावकारी रुपमा कार्यान्वयन गर्न संस्थागत रुपमा प्रयास भई रहेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ ले वर्षको सामान्यतया दुई पटक नगर सभा गर्नु पर्ने कानूनी व्यवस्था अनुसार आज हामी दशौ नगर सभा संचालन गरि रहेका छौं । दशौ नगर सभा मूलत विधायक सभा र सामान्य बजेट संशोधन गर्ने यस सभाको कार्यभार रहने छ ।

सभाध्यक्ष महोदय,
अब म चालु आ.ब.०७९/८० को अर्ध वार्षिक बजेटको संक्षिप्त रुपमा समिक्षा गर्न चाहान्छु । चालु आ.ब.को मध्यावधि समय भुक्तान हुदा पनि हामीलाई प्राप्त भएको राजञ्च वांडफांडवाट प्राप्त हुने बजेट सिलिङ र प्रक्षेपण गरेको आन्तरिक श्रोत प्रक्षेपण गरे अनुसार संकलन नहुने विद्यमान अवस्था रहेको विषय यस सम्मानित सभामा जानकारी गराउदछु । नवौ नगर सभाद्वारा चालु आ.व.को लागि कुल १.२३.५३,३०,४४०१ रुपैया बजेट स्वीकृत भएकोमा शसर्त तर्फ रु ५९,५९,०७,००० र ६३,९४,२३,०००  वितीय समानिकरण, राजश्च वाडफोड र आन्तरिक आय शिर्षक तर्फ रहेको थियो । आन्तरिक राजच्च तर्फ रु१२ करोड ८५ लाख अनुमान गरिएकोमा ४ करोड २७ लाख ९६ हजार संकलन भएको छ । राजध वाडफाड शिर्षकमा रु १९ करोड ५५ लाख ८५ हजार प्राप्त हुने अनुमान गरिएकोमा हाल सम्म ४ करोड ७७ लाख प्राप्त भएको छ । संघीय वित्तीय समानिकरण २३ करोड ४८ लाख प्राप्त हुने अनुमान गरिएकोमा ११ करोड ४४ लाख प्राप्त भएको छ । प्रदेश वितिय समानीकरण तर्फ १ करोड ३२ लाख ५९ हजार अनुमान गरिएकोमा ६६ लाख प्राप्त भई सकेका छ ।

हाल सम्म पुजिगत खर्च १८ प्रतिशत र चालु खर्च ४२ र कुल खर्च ३२ प्रतिशत भई सकेको छ । चालु आ.व.मा नवौ नगर सभाद्वारा अनुमान गरिएको आन्तरिक राजश्व र संघीय सरकारद्वारा प्राप्त हुने राजश्व वांडफांडवाट प्राप्त हुने दर विश्लेषण गर्दा हाल सम्म आन्तरिक राजेश्धवाट ३३ प्रतिशत र राजश्च वांडफांडवाट प्राप्त २४ प्रतिशत मात्र प्राप्त भएकोले हामीले अनुमान गरे अनुसारको कुल राजश्व लक्ष्य अनुसार संकलन हुन नसक्ने अवस्था छ । यसरी राजध संकलनमा हुन नसकेको कारण कुल बजेट तथा कार्यक्रमहरु सामान्य संशोधन गर्न आवश्यक भएकोले यस सम्मानित नगर सभामा पेश
गरेको छु ।

सभाध्यक्ष महोदय,

नेपालको संविधान बमोजिम स्थानीय तहको अधिकार संविधानमा नै उल्लेख भएकोले सवै तहका सरकारहरु विच सहकार्य, सह अस्तित्व र समन्वय गर्दै जनसहभागिता उत्तरदायित्व पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्ने प्रमुख जिम्मेवारी हामी विचमा रहेकोले नगरको समग्र विकास र समृद्धिको लागि सबै क्षेत्रहरुमा प्रयत्न भई रहेको छ । यस नगरका नगर गौरवको रुपमा रहेका योजनाहरु त्रियुगा वसपार्क, सभागृह, उदयपुर थरुहट रंङ्गसाला, मेयर्स पार्क तथा नगर प्रशासनिक भवन निर्माणाधिन अवस्थामा रहेको छ । यी योजना सम्पन्न भए पश्चात त्रियुगा नगरको पूर्वाधार विकासमा उल्लेखनीय उपलब्धि हुनेछ भन्ने विश्वास लिएको छु ।

विश्व बैंकको सहयोगमा शहरी शासन तथा पूर्वाधार परियोजनाले यसै आ.व. वाट करिव ९८ करोड रुपैयाको लागतमा शहरका विभिन्न सात वटा सडकहरुमा कालो पत्रे सडक यसै वर्षवाट सुरु गर्न योजना छनौट भईसकेको छ । यस परियोजनाको माध्यमवाट प्राथमिकता आधारमा क्रमस नगरका सवै वडाका सडकहरुमा कालो पत्रे सडक निर्माण हुनेछ । गाईघाट खानेपानी योजना वडा न. ११, १२ र १३ का उपभोक्ताहरु लाभन्वित हुने गरी यसै आ.व.वाट निर्माण कार्य प्रारम्भ हुनेछ ।

गाईघाट फत्तेपुर सडक अन्तरगत मोतिगडा देखि रुपनि सम्म सडक निर्माणाधिन अवस्थामा रहेको छ । डहर देखि रौता सम्म पक्की सडक निर्माण गरी पर्यटन क्षेत्रको विकास गर्न विस्तृत अध्ययन गरी राष्ट्रिय योजना आयोगमा पेश भएको छ । त्रियुगा वरुवा कोरीडोर सडक डि.पि.आर. तयार गरी राष्ट्रिय योजना आयोगमा प्रस्तावना पेश भएको छ । त्रियुगा नगर भित्र उत्सर्जित फोहर व्यवस्थापन गर्न त्रि.न.पा. १३ फुलजौरमा अध्ययन भइ रहेको छ । प्रदेश लगानी बोर्ड,नेपाल पूर्वाधार बैक र त्रियुगा नगरपालिकाको साझेदारीमा मेडिकल कलेज स्थापना गर्न विस्तृत अध्ययनको अन्तिम चरणमा रहेको विषय यस सभामा जानकारी गराउन चाहान्छु । हामीले पहिचान गरेका रणनैतिक महत्वका योजनाहरु विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार नभएका कारण श्रोत सुनिश्चत हुन सकेन । नगर गौरवका अन्य योजनाहरु डि.पि.आर. बन्न नसकेको कारण नेपाल मध्यनजर गरी नेपाल सरकार तथा दातृ निकाय हरुमा प्रस्ताब पेश गर्न डि.पि.आर. बनाउन यस सभा मार्फत बजेट व्यवस्था गरेको छु।

नगरपालिकाद्धारा विनियोजित बजेट बड़ा बजेट अन्तर्गत नौ लाख सम्मको योजना तथा बजेट कार्यान्वयन गर्ने अधिकार वडा कार्यालयमा प्रत्यायोजित गरिएको छ । आयोजना संचालन र व्यवस्थापनमा सूशासन पारदर्शिता र सहभागिता अभिवृद्धि गर्न जटिल प्रकृतीका योजनाहरुमा उपभोक्ता समिति मार्फत काम गराउदा बित्तिय जोखिम तथा गुणस्तरीय कायम राख्न नसकिने हुदा श्रम मुलक श्रम मुलक कार्यहरुमा मात्र उपभोक्ता समिति मार्फत योजना संचालन गर्न प्रोत्शाहन गरिएको छ ।

सभाध्यक्ष महोदय,
स्थानीय शासन पद्दतिलाई सुदृढ गर्न स्थानीय तहमा विधायीका अधिकारकोअभ्यास गरी नागरिकहरुलाई सुशासनको प्रत्याभूति गर्न ऐन निर्माण गर्ने गहन जिम्मेवारी हामी माझ रहेकोले यो सभा मार्फत केहि ऐन नियमहरु संशोधन तथा नया ऐन जारी गर्न पर्ने भएकाले यस सभालाई मूलत विधायक सभाको रुपमा लिएको छु । त्रियुगा नगरपालिकामा गत विगत वर्षहरु देखि नै कायम रहेको बेरुजु कुल रकम रु २३ करोड १० लाख ९९ हजार ८८४ रहेको छ । नगर सभावाट गठन भएको विभिन्न समितिहरुलाई कृयाशिल बनाई यस आ.व.मा वेरुजु फर्छौतका लागि विशेष पहल गरिने छ र वेरुजु फछट वर्षको रुपमा अभियानहरु संचालन गरिने छ । त्रियुगा नगरपालिकाको कर्मचारी व्यवस्थापनलाई चुस्त दुरुस्त राखि नागरिक मैत्रि सेवा प्रदान गर्ने उद्धेश्यले (O & M Survey) संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी सो को प्रतिवेदन स्वीकृतिका लागि यस नगर सभामा पेश गरेको छु ।

सभाध्यक्ष महोदय,
संघीयता विभिन्न तहका सरकारहरु स्वाशासन (Self-rule) तथा साझा शासन ( Shared-rule) भएकाले जनतालाई छिटो, छरितो तथा प्रभावकारी सेवामा सहज पहुँचका साथै सेवा प्रवाहमा सुनिश्चितता प्रदान गर्ने प्रथम दायीत्वको रुपमा लिएको छु । राज्य पुनसंरचना पश्चात नया कानूनी आधार र नयाँ संस्थागत संरचना विच कार्य सम्पादन गर्ने जिम्मेवारी हामी माझ रहेको विषय स्मरण गराउन चाहान्छु। यस कार्यको लागि हामी सबैको सामुहिक प्रयास र प्रयत्नवाट नै अपेक्षित विकासका प्रतिफलहरु प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।

अन्त्यमा दशौ नगर सभा सम्पन्न गर्न हरेक क्षेत्रबाट सहयोग गर्नु हुने, नगरको विकासका लागि
सकारात्मक सुझाव दिनु हुने, नगर सभाका सम्पूर्ण सदस्यज्यूहरु, कर्मचारी, पत्रकार र नागरिक समाजलाई हार्दिक धन्यवाद दिन चाहान्छु साथै आभार व्यक्त गर्न चाहान्छु ।

धन्यवाद
बसन्त कुमार वस्नत
नगर प्रमुख
त्रियुगा नगरपालिका

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry