प्रदेश १ को उपसभामुख पदमा उदयपुरका दुई सांसदको प्रतिस्पर्धा

Logo
शुक्रबार, पुष २९, २०७९

उदयपुर : प्रदेश १ मा उपसभामुख पदका लागि उदयपुरका दुईजनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी सिर्जना दनुवारले उम्मेदवारी दर्ता गराएकी छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट लीला राईले उम्मेदवारी दर्ता गराएकी हुन्।

समानुपातिक तर्फबाट १ नं प्रदेशसभामा दुवै उदयपुरबाट निर्वाचित भएका हुन ।

प्रदेशसभा सचिवालयले बिहीवार उपसभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिका अनुसार निर्वाचन पुस ३० गते ११ बजेका लागि तोकिएको छ।

सत्तारुढ गठबन्धनको दलीय भागबन्डामा प्रदेश १ को सभामुख माओवादीको भागमा परेको छ भने उपसभामुख एमालेको भागमा परेको छ।

केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार एमालेबाट हिक्मत कार्की मुख्यमन्त्री भैसकेका छन । माओवादीबाट बाबुराम गौतम सर्वसम्मत सभामुख भएका छन । सभामुख र उपसभामुख चयन गर्दा दुईमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था धारा १८२ को २ मा उल्लेख छ।

९३ जना सांसद रहेको प्रदेश १ मा सत्ता गठबन्धनमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाको १ सिट रहेको छ। शनिबार उपसभामुखको निर्वाचन पछि प्रदेश सभा बैठक केही दिनका लागि स्थगित गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry