प्याराडाईज स्कुलका दुई सय बिद्यार्थी पुरस्कृत

Logo
मंगलबार, माघ १०, २०७९

उदयपुर । जिल्लाकै प्रतिष्ठित बिद्यालय प्याराडाईज माध्यमिक स्कुल गाईघाटले विभिन्न बिधामा दुई सय बिद्यार्थीलाई पुरस्कृत गरेको छ ।

सप्ताहव्यापी खेलकुद प्रतियोगितामा सहभागि भएका विभिन्न बिधाका नर्सरीदेखि कक्षा १२ सम्मका उत्कृष्ट बिद्यार्थीलाई सोमबार एक कार्यक्रमको आयोजाना गरी बिद्यालयले पुरस्कारसँगै सम्मान गरेको हो ।

बिद्यालयको बार्षिक कार्यक्रम अनुसार आयोजना गरिएको खेलकुदमा झण्डै एक हजार बिद्यार्थीको सहभागिता रहेको प्रिन्सिपल बाबुराम आचार्यले बताए । उनले भने, “शिक्षाँसगै बिद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अव्वल बनाउन हामीले बिद्यालयको बार्षिक उत्सवलाई लक्षित गरी क्यालेण्डर नै प्रकाशन गरेर कार्यक्रम गरेका हौं ।”

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशकुमार बस्नेतले अतिरिक्त क्रियाकलापले बिद्यार्थीको चौतर्फी विकासमा टेवा पुग्ने बताए । उनले भने, “सधै अध्ययनमा मात्र जोड दिँदा बिद्यार्थी एकोहोरो हुने र अन्य क्षेत्रको ज्ञानशिप र विकास नहुने देखिएकाले विभिन्न क्रियाकलापमा सहभागि गराएका हौ ।”

एउटा कक्षामा तीन वटासम्म बिद्यामा सहभागि हुने गरी कवडी, भलीवल, फुटवल, रिलेदौड, हाइजम्प, लङ्जम्प, ज्यावलिङ्गथ्रो, सटफुट जस्ता कार्यक्रम सञ्चालन गरिएको प्रिन्सिपल आचार्यले बताए । यसकासाथै साना बालबालिकालाई लक्षित गरी मार्वल प्युरिङ रेस, वल कलेक्सन, बलपासीङ्ग रेस लगायतका प्रतियोगिता गरिएको उनले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई त्रियुगा नगरपालिका वडानं ११ का अध्यक्ष सुमन्त कोईराला, पुर्ववडाध्यक्ष विश्वराज भट्टराई, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशकुमार बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, उपाध्यक्ष पर्शुराम थापा, पत्रकार खेमराज दहाल, अभिभावक ज्ञानबहादुर राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry