त्रियुगा नगरपालिकाले अति विपन्न नागरिकलाई घर जग्गा दिने

Logo
सोमबार, माघ १६, २०७९

गाइघाट। त्रियुगा नगरपालिकाले नगर भित्रका भूमिहीन, अति बिपन्न, दलित/जनजाती परिवारहरुलाई घर जग्गा वितरण गर्ने भएको छ ।

दुई बेडरुम, एक किचन र एक शौचालय सहितको घर बनाएर नगर भित्रका अति विपन्नहरुलाई घर जग्गा बितरण गर्न लागेको हो ।

करिव साडे दुई करोडको लागतमा ३५ बर्ष ज्ञारेन्टी भएका ५० वटा भुकम्प प्रतिरोधात्मक घर बनाएर बितरण गर्न लागिएको नगरपालिका मेयर वसन्त कुमार बस्नेतले जानकारी दिए ।

अवास निर्माण गर्नका लागि ह्याबीट्याट फर ह्युम्यनीटी इन्टरनेशनल नेपाल र मानवअधिकार र बाताबरण बिकास केन्द्र (हुरेण्डेक) सँग नगरपालिकाका प्रमुख बसन्त बस्नेत र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले सम्झौतामा हस्ताक्षर गरेका छन ।

आईतवार एक कार्यक्रमका बिच अवास निर्माण परियोजनाको सम्झौता पत्रमा ह्याबीट्याट फर ह्युम्यनीटी इन्टरनेशनलका तर्फबाट राम बहादुर श्रेष्ठ तथा हुरेण्डेकको तर्फबाट शंकर थापाले हस्ताक्षर गरेका छन ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै नगर प्रमुख बस्नेतले विपन्न समुदायको उचित बसोवासका लागि आवास निमार्णका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, तथा सिँचाईजस्ता सम्पुर्ण क्षेत्रहरुमा प्राथमिकताका साथ काम गर्ने उल्लेख गरे ।

भुमिहिन, सुकुम्बासी, दलित, आदीवासी र पिछडा सामुदायको जीवन स्तर उकास्न नगरपालिकाले सीपमुलक स्वरोजगार कार्यक्रम, साना किसान तथा युवा उद्यमशीलता जस्ता कार्यक्रमहरु ल्याएर जिवनस्तर उकास्ने कामको सुरुवात गरिसकेको मेयर बस्नेतले बताए ।

उनले भने, ‘भौतिक पुर्वाधार मात्र नभई जनताको आर्थिक जीवनस्तर माथि उकास्ने र उनीहरुलाई स्वरोजगार बनाउने पक्षमा र नगरलाई हरेक दृस्टीकोणमा आत्मनिर्भर बनाउनेमा मेरो योजना र ध्यान केन्द्रीत छ ।’

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry