आँखा उपचारका प्रवर्तक डा. राम प्रसाद पोखरेल ‘आँखा बा’ गाईघाटमा

Logo
आइतबार, माघ २९, २०७९

उदयपुर । नेपाल आँखा उपचारमा आत्म निर्भर मात्र नभएर बिश्वमा नै आफ्नो पहिचान स्थापित गराउदैछ । आँखा उपचारमा नेपालले यति फड्को मार्नुका प्रमुख ब्यक्ती हुन ‘आँखा बा’ अर्थात डा. राम प्रसाद पोखरेल ।

नेत्र ज्योती संघ उदयपुरले संचालनमा ल्याएको मदन भण्डारी अस्पतालको आज अवलोकन गर्न उदयपुर आएका ‘आँखा बा’ डा .पोखरेलले आँखा देख्न नपाएर कसैले पनि अन्धकारमा बस्न नपरोस भन्ने आफ्नो सपना साकार हुँदै आएको स्पस्ट पारे ।

नेत्र ज्योती संघका संस्थापक समेत रहेका डा. पोखरेल काठमाडौं बाहिरका जिल्ला तथा शहरहरुमा आँखा अस्पतालका लागि नेत्र ज्योती संघको तत्कालीन रानी ऐश्वर्या बाट स्थापना गराएका थिए ।

धनकुटाको गोकुण्डेश्वर माध्यामिक विद्यालयबाट एसएलसी गरेका डा. पोखे्रलले भारतको इलाहावादस्थित केपी कलेजबाट आईएसी गरेका हुन् । आईएसी पछि लखनउको किंग जर्ज मेडिकल कलेजबाट एमबिबिएस र बेलायतको रोयल कलेज अफ सर्जन इडेनवर्गबाट एफआरसिएससम्म सकेका उनी आँखा उपचारका इनोभेटर हुन ।

धनकुटामा जन्मिएका आँखा बा सन् १९७१ मा बेलायतबाट नेपाल फर्किएका हुन् । उनले लण्डनका विभिन्न अस्पतालमा काम गर्दा उनलाई आँखा सम्बन्धी धेरै अनुभव भइसकेको थियो । तर, उनलाई नेपालमा आँखा रोगीहरुको अवस्थाबारे राम्रो जानकारी थिएन । त्यसैले उनकै पहलमा ६ महिना लगाएर सन् १९८१ मा नेपालमै पहिलोपटक अन्धोपनको सर्वेक्षण गरियो । सर्वेक्षणले अन्धोपनाको प्रमुख कारणमध्ये पहिलोमा मोतिविन्दु र दोश्रोमा खस्रे रोग रहेको निश्कर्ष निकालेको थियो ।

‘आँखा बा’ले नेपाल फर्किएर वीर अस्पतालमा काम सुरु गरेका थिए । देशभरका जिल्ला जिल्ला पुगेर आँखा शिविर सञ्चालन गर्ने क्रममा त्यस अघि गराएको सर्वेक्षणले बिरामीहरुको अवस्था र समस्याका वारेमा बुझ्न सहज भएको उनले बताए । ७९ वर्षका डा. पोख्रेल अहिले पनि बिरामीको सेवा गर्दै आएका छन् ।

अहिले नेपालमा एक वर्षमा ६ लाख बढी मोतिबिन्दुका बिरामीको शल्यक्रिया गर्ने गरेको उनी बताउँछन् । उनका अनुसार ६ लाख मध्ये २ लाख नेपाली र अन्य ४ लाख विदेशी हुने गरेका छन । आज उदयपुरको गाईघाट स्थित मदन भण्डारी आँखा अस्पतालको अवलोकन गर्न आएका आँखाबालाई नेत्र ज्योती सँघ उदयपुरका अध्यक्ष भागवत राउत, प्रदेश १ का उपसभामुख सिर्जना दनुवार, प्रदेश सभा सदस्य गिता रेग्मी, त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राइले स्वागत गरे ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry