उदयपुरको रौतामाइमा एकै दिन दुई ठाउ आगलागी, आगलागीबाट दुईको ज्यान जानुका साथै लाखौको नोक्सानी

Logo
शनिबार, फाल्गुण २७, २०७९

गाईघाट। उदयपुरमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ भने लाखौको धनमाल डढेर नष्ट भएको छ।  जिल्लाको को रौतामाई गाउपालिका ५ र ८ मा एकै दिन आगलागी हुँदा दुई जनाको ज्यान जानुका साथै  १ सय १० वटा खसी बाख्रा जलेर नष्ट भएको हो।

रौतामाई ८ पाँवु पाखाटोल राम बहादुर बुर्जामगरको घरमा आगलागी हुदा उनकी  ६ बर्षिया जस्मिन मगर र २ बर्षिय दलन मगरको ज्यान गएको स्थानीय शिक्षक वमेन्द्र वुर्जा मगरले जानकारीदिनु भयो । शिक्षक मगरका अनुसार शुक्रबार दिउसो ३ बजे तिर घरमा कोही नभएको समयमा एक्कासी घरमा आगो लाग्दा  घरमा खेलेर वसेका दुईजनाको घर भित्रै जलेर ज्यान गएको हो।

माटो ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा मानवीय क्षती सँगै सबै सामाग्रीहरु जलेर नष्ट भएको छ । आगलागीमा मगरको अन्नपात, लत्ता कपडा, भाँडा वर्तन सबै जल्दा करिब १० लाख बराबरको क्षती पुगेको छ । आगो स्थानीय र प्रहरीले ६ बजे नियन्त्रणमा लिन सफल भएका थिए । यता रौतामाई ५ डुडेमा आगलागी हुँदा १ सय १० खसी बाख्रा मरेका छन।

मान बहादुर कटुवाललर संचालन गरेको रौता राकुली कृषि तथा पशुपंक्षी फर्ममा आगलागी हुँदा ४४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।  ३० वटा बयर जातको बोका, १ ब्याडे, ११ लोकलजाताका बोका, १८ माउ बाख्रा, २२ वटा खसी र पाठापाठी गरि १ सय १० वटा बाख्रा जलेर मरेको उदयपुर प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry