नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धब थापाले कांग्रेसले मजदुर हरुलाई बिर्सदै गएको प्रति दु:ख व्यक्त गर्नु भएको छ । नेपाल यातायात मजदुर संघ कोशी प्रदेशको चौथो अधिबेशनमा शुभकामना मन्त्यब्य राख्दै सभापति थापाले कांग्रेसले मजदुरहरुलाई बिर्सदै गएको प्रति दु:ख ब्यक्त गर्दै कांग्रेसले बिर्सेको भए पनि मजदुरहरुले कांग्रेसलाई नविर्सिएको धारणा व्यक्त गर्नु भयो ।
कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनु भएका थापाले मजदुरको सम्मान भए मात्र राज्य समृद्धिको बाटोमा अगाडी बढ्ने बताउनु भयो । उहाँले कांग्रेसले मजदुर मात्र नभएर आफ्नो इतिहाँस र कांग्रेसको ध्यय समेत बिर्सिएकाले कांग्रेस पछि परेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस उदयपुर जिल्ला सभापति तथा संसदीय दलका उपनेता हिमाल कार्की, त्रियुगा नगरपालिका नगर प्रमुख लगायत ट्रेड युनियन कांग्रेसका केन्द्रिय प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । चौथो अधिबेशनले पूर्ण कुमार प्रधानको अध्यक्षतामा ११ सदस्य कार्यसमिति सर्व सम्मत चयन गरेको छ ।