उदयपुर। प्रथम त्रियुगा उप मेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी बिजयी भएको छ। निर्धारित ६० मिनटको खेलमा दुवै टिमले गोल गर्न नसके पछि पेनाल्टी शुट आउटमा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरीले बागमती युवा क्लब सर्लाहिलाई ३-१ गोल अन्तरले हराउदै बिजयी बनेको हो।
उदयपुर जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा आजबाट थरुहट रंगशालामा प्रातियोगिता शुरु भएको छ। प्रतियोगिताको दोस्रो खेल बैशाख १७ गते एनविवाईसि सप्तरी र हेटौटा फुटबल क्लब विच हुने छ भने बैशाख १८ मा अल इन वान क्लब झापा र डिडब्लुएफसि धरान सुनसरी विच प्रतियोगीता हुने छ । प्रतियोगीताको पहिलो चरणको अन्तिम खेल बैसाख १९ गते आयोजक गाईघाट फुटबल क्लब र पिएसडब्लुसि पथरी मोरङ विच हुने आयोजकले जनाएको छ ।
त्रियुगा नगरपालिकाको मुख्य प्रायोजनमा शुरु भएको प्रतियोगितामा ८ टिम सहभागी छन। प्रतियोगितालाई नगरपालिकाको १६ वटै वडा ,नेपाल टेलिकमले समेत प्रायोजन गरेको छ । प्रतियोगीतालाई अखिल नेपाल फुटबल संघ एन्फाको सहयोग तथा त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिले समन्वय गरेको छ। प्रतियोगिताको विजयी टिमलेलाई एक लाख र उपविजेताले ५० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य राख्दै त्रियुगा मेयर बसन्त कुमार बस्नेतले महिलाहरुलाई हरेक क्षेत्रमा समान हिसावले सहभागी गराउदै लैजाने बताए । यस्तै शुभकामना मन्त्यब्यकै क्रममा उप मेयर महेश्वरी राईले महिलाहरुको समग्र वृद्धि बिकासमा लागि रहने प्रतिबद्धता व्यक्त गरिन।