उदयपुर सिमेन्ट उद्योगको ३५ औ साधारण सभाको नाली बेली

Logo
शनिबार, बैशाख ३०, २०८०

उदयपुर।  नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग दिनानुदिन धराशायी बन्दै गएको छ । व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो। कोइला अभावको बहानामा अधिकांश समय बन्द रहेको सिमेन्ट उद्योग धराशायी अवस्थामा छ । महिनामा एक साता सञ्चालन भइरहेको सिमेन्ट उद्योग चैत्र अन्तिम साता देखि पूर्ण बन्द भएको छ ।

लगातार बन्द भएपछि उद्योगभित्रका चार युनियन (समग्र उद्योग ट्रेड युनियन नेपाल, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र नेपाल औद्योगिक मजदुर संगठन) ले नेतृत्वलाई उद्योग संचालन गर्न र साधारण सभा गर्न माग गर्दै आएका थिए ।

उद्योगभित्र रहेका युनियनहरुको दवाव पछि साधारण सभा गर्ने निर्णयमा नेतृत्व पुगेपनि साधारण सभा काठमाडौंमा गर्ने निर्णय भयो । उद्योगमा आर्थिक हिनामिना र अनियमितता भएको आरोप लगाउदै आएका ट्रेड युनियनहरुले साधारण सभा समेत काठमाडौंमा गर्ने निर्णय गरे पछि उद्योगमा आन्दोलन गर्ने चेतावनी दिए पश्चात नेतृत्व साधारण सभा उदयपुरमा नै गर्ने निर्णयमा पुग्यो।

सरोकार वाला कसैलाई खबर नगरी संचालक समिति र केहि व्यक्ति बसी साधारण सभा गर्ने गरि तयारी थालियो। साधारण सभाको अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई प्रमुख अतिथि बनाइने सम्मको योजना अनुसार मन्त्री आउने भए। उद्योगको बन्द कोठामा प्रमुख अतिथि सहित केहि व्यक्ति बसेर साधारण सभा सम्पन्न गराए ।

साधारण सभाका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योगको अवस्था असाधारण रहेकाले संचालनमा ल्याउन कठिन हुने बताए। सरकारले १०/२० करोड दिए पनि उद्योग सन्चालनामा आउनेमा संका ब्यक्त गरे। “सरकारले १०/२० करोड दिन्छ तर फेरी पनि उद्योग संचालनमा आउनेमा बिश्वास छैन, यहाँ तपाइँहरुले १०/२० करोड लिएर उद्योग संचालनमा आउने ग्यारेन्टी गर्नु हुन्छ ? उनले प्रश्न गरे।

यस्तै  साधारण सभामा शुभकामना मन्तब्य राख्दै नगर प्रमुख बसन्त कुमार बस्नेतले संघीय सरकारले उद्योग संचालन गर्न नसके स्थानीय सरकारलाई हस्तान्तरण गर्न आग्रह गरे। “संघीय सरकारले उद्योग चलाउन गर्न सक्दैन भने हामी चलाएर देखाउछौ हामीलाई दिनु पर्छ” नगर प्रमुख बस्नेतले भने, “हामी स्थानीय सरकार, स्थानीय नागरीक र लगानी कर्ता (थ्री पी) मोडेलमा लगेर उद्योगलाई फाइदामा लगेर देखाई दिन्छौ ।”

साधारण सभा र उद्योगको अवस्था 

सुनियोजित ढंगले बन्द कोठामा सिमित व्यक्ति बसेर गरेको साधारण सभा नमान्ने भन्दै बाहिर ट्रेड युनियनहरुले महाप्रबन्धक गोपिकृष्ण न्यौपाने सहित नेतृत्व बिरुद्ध नारा जुलुश गर्न लागे। साधारण सभा सकिएर बाहिर निस्किएका महाप्रबन्धक न्यौपानेलाई  ट्रेड युनियनका कर्मचारीहरुले घेरे। त्रियुगा नगरपालिकाका नगर प्रमुख चढ्ने गाडीमा बसेर त्यहाँ बाट भाग्ने उदेश्य सहित उक्त गाडीमा बसे तर नगर प्रमुख बसन्त कुमार बस्नेत ट्रेड युनियनका नेत्रित्वहरूसँग समस्याको बिषयमा जानकारी लिन थाले।

नगर प्रमुखको गाडी त्यहाँ बाट निस्किएन ढिला गर्यो। गाडी ननिस्किने भए पछि आतिएका महाप्रबन्धक न्यौपाने त्यहाँबाट पनि भागेर अर्कै गाडीमा चढे। न्यौपाने चढ्न साथ लिएर भाग्न खोजेको गाडीलाई मजदुरहरुले रोके। मजदुरहरुसँग  सम्बाद नगरी र उद्योग संचालन हुने बिश्वास नदीलाई कतै जान नदिने अडान राखे । मन्त्रीको सुरक्षार्थ आएका सुरक्षाकर्मीले संबाद  मार्फत समस्याको समाधान गर्न सुझाव दिदै न्यौपानेलाई छुटाएर लगे ।

महाप्रबन्धक न्यौपानेले उद्योगमा कोइलाको अभाव देखाउदै उद्योग बन्द गराउदै आएका छन। महाप्रबन्धक न्यौपाने र केही कर्मचारीको मिलेमतोमा कोइलामा ब्यापक अनिमियतता हुदै आएको ट्रेड युनियनहरुले आरोप लगाएका छन। महाप्रबन्धक न्यौपाने काठमाडौं बसेर कोइला आपूर्ति गराउदैनन र कोइलाको अभाव देखाएर उद्योग बन्द गराउने गरेका छन। महिनामा एक पटक कोइला ल्याएर उद्योग संचालनमा ल्याउने कोसिश गरे पनि गुणस्तरहिन कोइला ल्याएर कोइलाको ल्याब टेस्ट नै नगरी प्रयोग गर्ने गरिएको छ। उद्योग संचालनमा आउदा दिनकै ५/६ गाडी कोइला खपत हुन्छ।  न्यौपाने कोइला आपूर्ति गराउदा पनि दिनको ४/५ गाडी मात्र उपलब्ध गराउने गर्दछन।

कोइलाको आपूर्ति भए पछि ल्याबको लागि प्राविधिक आउछन कोइला लान्छन टेस्टको लागि तर ल्याबको रिपोर्ट आउँन ७२ घण्टा लाग्छ। तर आपूर्ति भएको कोइला ल्याब रिपोर्ट आउनु २ दिन अगावै सकिन्छ। कोइला आपूर्ति गर्ने सप्लायर्सलाई एक नं कोइलाको भुक्तानी दिए पनि न्यौपाने र सप्लायर्सको मिलेमतोमा अति कमसल कोइला आपूर्ति गराएर ल्याब टेस्ट नै नगरी उद्योगमा प्रयोगमा ल्याइदै आइएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry