उदयपुर । त्रियुगा नगरपालिकाले नगरपालिका भित्र संचालनमा रहेका सम्पुर्ण शैक्षिक संस्थालाई ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । केही दिन देखि बढेको अत्याधिक गर्मिका कारण बिद्यालयको पठनपाठन गराउन कठिनाइ देखिनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले बिदा दिने निर्णय गरेको हो ।
नगर शिक्षा समितिको शुक्रवार बसेको बैठकले जेठ २१ गते देखि २३ गते सम्मलाई बर्खे बिदा बाट कट्ने गरि बिदा दिएको नगर शिक्षा शाखा प्रमुख शिव कुमारी राउतले जानकारी दिइन ।
नगरपालिकाले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डर २०८० मा उल्लेख गरिएको बर्खे बिदा बाट कटिने गरि ३ दिन बिदा दिइएको नगर शिक्षा शाखा प्रमुख रौत द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ। गाईघाटमा बिगत ३/४ दिन देखि ४० देखि ४२ डिग्री सम्म तापक्रम पुगेको छ।