खडेरीमा दमकलबाट घरमा पानी पुर्याउदै त्रियुगा नगरपालिका

Logo
खेमराज दाहाल बिहिबार, जेठ २५, २०८०

उदयपुर । बिगत एक हप्ता देखी लागेको प्रचण्ड गर्मीले उदयपुरको सदरमुकाम लगायत आसपासका क्षेत्रमा खानेपानीको समस्या बढ्दै गएको छ ।  ट्युववेलबाट खानेपानी प्रयोग गर्ने अधिकांस यस क्षेत्रमा खडेरीले गर्दा ट्युववेल सुकेर खानेपानीको हाहाकार मचिएको छ ।

खानेपानी तथा घरमा प्रयोग गर्ने पानीको हाहाकार मचिए पछि त्रियुगा नगरपालिकाले पानि सुकेर पानीको अभाव झेलीरहेका घर परिवारलाई दमकलमा पानि पठाएर समाधान गरेको  छ । नगरपालिकाको वडा नं ९ स्थित गैरुन क्षेत्रमा आज नगरपालिकाको दमकलले एक घर बराबर ५ सय देखि १ हजार लिटर सम्म पानी उपलब्ध गराएको हो ।

यस क्षेत्रमा खानेपानीको अभाव बर्षौ देखि छ । गैरुन रातमाटे लिफ्टिंग खानेपानी आयोजना मार्फत खानेपानी पुर्याउने उदेश्यले योजना सुचारु गरिएको भए पनि संघीय र प्रदेश सरकारले बजेट अभाव देखाउदै बजेट ब्यबस्थापन नगरिदिदा यहाँका स्थानीयले समस्या झेल्नु परेको छ ।

स्थानीय स्रोत र साधनले ठुलो योजना सम्पन्न गर्ने नपुग्ने र संघ र प्रदेश सरकारले बजेटको व्यबस्था नगरिदिदा निर्माणाधीन नगरका आधादर्जन योजना अलपत्र परेको नगर प्रमुख बसन्त कुमार बस्नेतले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry