उदयपुर । त्रियुगा नगरपालिकाले विभिन्न ३० स्थानमा वर्ल्डलिंकको फ्रि वाइफाइ संचालनमा ल्याउने भएको छ । मानिसहरु जमघट हुने भिडभाड हुने नगरका विभिन्न ३० ठाउमा फ्रि वाइफाइ संचालन गर्न लागिएको हो ।
नगरपालिका र इन्टरनेट सेवा प्रदान गर्दै आएको वर्ड लिंकसँगको सहकार्यमा फ्रि वाईफाई सेवा सञ्चालनमा ल्याउन लागिएको नगरपालिकाका सुचना प्रविधि अधिकृत रुपक तिम्सिनाले जानकारी दिए । अधिकृत तिम्सिनाका अनुसार ५० एम.वि.पि.एस क्षमता रहेको वाइफाईले २०० मिटर आसपास सम्म काम गर्न सक्ने छ।
उनका अनुसार त्रियुगा नगरपालिका भित्रका बरुवा बसपार्क, नयाँ तरकारी बजार, पुरानो तरकारी बजार, पिपल चोक, राधाकृष्ण मन्दिर, त्रियुगा बसपार्क, नगरपालिका परिसर, नगरपालिका कार्यालय भित्र, टेम्पो चोक, त्रियुगा अस्पताल परिसर, ढिम्की पिकनिक स्पोट, इनार चोक, एस.के पेट्रोल पम्प, बि.पी चोक, साकेला टोल, शनि मन्दिर चोक, पी.जी.चोक, मतिगडा चोक, जलजले चोक, करमकाछी, बोक्से चोक, आर्दश टोल, एनसेल डाडा, देउरी चोक, चुहाडे चोक, राजाबास चोक, बगाहा चोक, असारी चोक र पिसजोन स्कुल जाने बाटोमा बाइफाइ सन्चालनमा ल्याइने छ।
यि स्थानहरुमा प्रति डिभाइस २ एम.वि.पि.एसका दरले इनटरनेट सेवा जडान गरिने भएको छ। साथै यि स्थानहरुमा वर्ल्डलिंकको ग्राहाकले आफ्रनो युजरको आइ.डी र पासवर्ड प्रयोग गरेर अनलिमिटेड वाइफाइ चलाउन सक्नेछन भने, वर्डलिङ् प्रयोग नर्गनुहुने ग्राहाकले ओ.टी.पी कोड अनुरोध गरी ५०० एम बि फ्री वाइफाइ चलाउन पाउने वर्ल्डलिंकले जनाएको छ ।