गाईघाट । त्रियुगा नगरपालिका वडा नं १२ ले जनप्रतिनिधिको सहभागितामा वडा सफा गर्ने अभियान शुरु गरेको छ । बिहिवार एक कार्यक्रम गर्दै वडामा रहेका सम्पुर्ण टोल बिकास संस्था मार्फत महिनाको एक पटक जनप्रतिनिधिको सहभागितामा वडा सफाईको अभियान शुरु गरेको हो ।
“वडामा अरु ३ जना सदस्य र म सहित ४ जना जनप्रतिनिधि छौ सबै एकै ठाउँ भेला हुन पर्दैन” कार्यवाहक अध्यक्ष अनिता थापाले भनिन, “आफ्नो र नजिकको टोलमा गएर महिनाको एक पटक २/४ घण्टा सफाई गर्दा आफ्नो टोल सफा रहन्छ ।”
वडामा रहेका २२ वटा टोल बिकास संस्थामा ५ वटाका दरले फोहोर फाल्ने डस्टविन, १० वटा सफाई गर्ने झाडु, १० जोर सफाइमा प्रयोग गरिने ग्ल्वस र ५ बक्स माक्स बितरण गरिएको वडा नं १२ कि सचिव निरु कार्कीले जानकारी दिइन ।