उदयपुर। नेपाल निजामति कर्मचारी युनियन उदयपुर शाखाले आफ्नो ३२ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालमा सिलङि फेन सहयोग गरेको छ। युनियनको उदयपुर शाखाले आफ्नो स्थापना दिवस मनाउने क्रममा जिल्ला अस्पतालको विरामि प्रतिक्षालयमा सिलङि फेन सहयोग गरेको हो।
स्थापना दिवसमा फरक र रचनात्मक कार्य होस् भन्नका लागि जिल्ला अस्पतालमा आउने बिरामीहरुले टिकट लिन लामो समय सम्म लाइनमा बसेर टिकट लिन पर्दा गर्मीको समयमा समस्या हुने देखिएकोले थोरै भए पनि राहत होस् भन्ने उदेश्यले सिलिङ फेन सहयोग गरेको युनियन उदयपुरका अध्यक्ष भगवती खतिवाडाले जानकारी दिइन ।
युनियनको आयोजनामा जिल्ला अस्पतालको प्रतीक्षालयमा आवश्यक पर्ने ५ वटा फेन जिल्ला अस्पतालका प्रमुख डाक्टर ज्ञानेन्द्र झालाई त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस उदयपुरका जिल्ला सह सचिव टिकाराम बुढाथोकी, युनियनका कोशी प्रदेशका अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष मान बहादुर वन लगायत युनियनमा आवद्ध कर्मचारीहरु उपस्थिति रहेका थिए।
हरेक बर्ष भाद्र १९ गते नेपाल निजामति कर्मचारी युनियनले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।