त्रियुगा नगरपालिकाको लोगो अफ्रिकाको सबैभन्दा अग्लो हिमालमा फहराइने

Logo
शनिबार, भाद्र २३, २०८०

उदयपुर । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि सकेका एक नेपाली पर्वतारोहीले अफ्रिकी महादेशको सवैभन्दा अग्लो हिमाल किलिमान्जारोमा उदयपुर स्थित त्रियुगा नगरपालिकाको लोगो फहराउने भएका छन्।

नेपाली आरोही पुर्णकुमार (पिके) शेर्पाले तान्जेनियामा पर्ने ५८९५ मिटर अग्लो किलिमान्जारो हिमाल आरोहण गर्ने क्रममा नगरपालिकाको लोगो फहराउने त्रियुगाका मेयर बसन्त वस्नेतले जानकारी दिए।

शेर्पाले भारतीय, चाइनिज र अफ्रिकन नागरिकको टोलीमा उक्त हिमाल आरोहण गरिरहेका छन। प्रकृति संरक्षण अभियान्ता तथा आरोही शेर्पाले लामो समयदेखि प्रकृती जोगाऔं भन्ने मूल नारासहित अभियान सञ्चालन गरिरहेका छन।

हिमाल सफाइ अभियानदेखि विश्वमा हिउँ रहेमात्र मानव अस्तित्व रहन्छ भन्ने नारा लिएर वातावरण संरक्षणमा आवद्ध छन् । केहि वर्ष अघि शेर्पाले आफ्ना छोराका साथमा सगरमाथाको सफल आरोहण गरेर नयाँ रेकर्डसमेत राखेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry