उदयपुरमा जितिया पर्वको रौनक (फोटो)

Logo
शुक्रबार, आश्विन १९, २०८०

उदयपुर । नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्व हिजो बिहिबार बाट शुरु भएको छ। यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइन्छ ।

उदयपुरको गाईघाटमा पनि बिहिबार बाट जितिय पर्वको रौनक शुरु भएको छ। त्रियुगा नगरपालिका वडा नं ८ मा हिजो भब्य कार्यक्रम गरि जितिया पर्वलाई नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइएको हो ।  कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले शुभकामना मन्तव्य राख्दै आफ्नो कला संस्कृति, ऐतिहासिक र सांस्कृतिक परम्परालाई जोगाई राख्न नगरपालिकाले सहयोग जारी राख्ने प्रतिवद्दता व्यक्त गरे।

आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन जसलाई यस पर्वमा ‘ओटघन’ भन्ने गरिन्छ  । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।

संस्कृतमा ‘जिवित पुत्रिका’, हिन्दीमा जियतिया र नेपालमा तराइवासी मधेशी महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् र यसलाई जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको अष्ठमी तिथीको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूकालागि व्रत बस्ने गर्दछन् । महिलाहरु ‘निर्जला’ अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान ‘जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry