उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतले थारु समुदायले मान्ने जितमान मन्दिरको आज शिलान्यास गरेका छन । त्रियुगा नगरपालिका वडा नं १ मा आज एक जितिया पर्वको अवसर पारेर नगर प्रमुख बस्नेतले जितमान मन्दिरको शिलान्यास गरेका हुन ।
मन्दिरको शिलान्यास गर्दै नगर प्रमुख बस्नेतले स्थानीय धर्म संस्कृतिको जगेर्ना गर्नु स्थानीय सरकारको पहिलो दायित्व भएकाले मन्दिरको निर्माण गर्न लागिएको बताए ।
धार्मिक मौलिक सम्पदाको सुधार, संरक्षण र संवद्र्धन गर्न सके मात्र मानव जातको पहिचान हुने हुँदा ऐतिहासिक धर्म संस्कृतिको जगेर्ना गर्नु आवश्यक रहेको मेयर बस्नेतले बताए ।