कटारी अस्पतालको आइसोलेसनबाट भागेका व्यक्तिको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

Logo
आइतबार, चैत्र ३०, २०७६

खोटाङ– उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डबाट भागेका पुरुषको स्वाब परीक्षण रिपोर्ट ‘नेभेटिभ’ आएको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा कटारी आइसोलेसनमा राखिएको अवस्थामा गत चैत १४ गते भागेका ३९ वर्षीय किर्तिमान मगरातीको स्वाब परिक्षणका क्रममा कोरो‘ना भाइरसको रिपोर्ट नेभेटिभ’ देखिएको हो।

चैत २३ गतेदेखि स्वास्थ्य चौकी दुर्छिमको क्वारेन्टीनमा राखिएका नेपालीको स्वाव परिक्षणका लागि बिहिबार विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो।

स्वाब परिक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिएसँगै उनमा कोरोनाको संक्रमण नभएको पूष्टी भएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।

भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा उनि सहित आएका २१ जनालाई क्वारेन्टाइनमा राखीएको थियो। क्वारेन्टाइनमै रहेका बेला मगरातीलाई स्वास्थ्य परीक्षणका क्रममा ९९ डिग्री ज्वारो देखिएका कारण १२ गतेदेखि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिदै थियो।

मगरातीको सम्पर्कमा रहेका हैदेका दुई परिवारका आठ जना समेतलाई क्वारेन्टीनमा राखिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry