उदयपुरको गाईघाटमा जडान गरि देभ रथको अटोरिक्सा बितरण शुरु

Logo
सोमबार, पुष ०२, २०८०

उदयपुर । देभ रथ  मोटर्स इन्डियाको आधिकारिक बिक्रेता कालिका अटो लिन्क प्रालिले तीन पाङ्ग्रे अटो रिक्सा बिक्री बितरण सुरु गरेको छ ।

आज त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले  त्रियुगा नगरपालिका वडा नं ३ का राजन दाहाललाई अटो रिक्साको चावी हस्तान्तरण गर्दै बिक्री वितरण शुरु गरिएको हो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै नगरप्रमुख वसन्त बस्नेतले अटो रिक्साले अहिले धेरै बेरोजगार युवालाई रोजगार दिएकाले सस्तोमा गाईघाटमा नै जडान गरेर वितरण गरिनु खुसिको कुरा भएको बताए ।

मेयर बस्नेतले अन्य उद्योगी व्यापारीहरुलाई पनि अन्य क्षेत्रमा लगानी गरि रोजगारी सिर्जना गर्न आग्रह गरे  । नगरपालिकाले औधोगिक ग्राम निर्माण गर्ने योजन अनुसार संघीय र प्रदेश सरकारसँग अवास्यक समन्वय गरि रहेको र जग्गा समेत छुट्याएकोले उद्योग बाणिज्य संघ मार्फत ठुला लगानी कर्तालाई समेत त्रियुगा नगरपालिकामा आएर लगानी गर्न आग्रह गरेको उल्लेख गरे ।

अन्य तीन पाङ्ग्रे रिक्सा भन्दा आकर्षक र आल्मुनियम खिया प्रतिरोधी बडी भएको अटो रिक्सामा १ हजार वाटको मोटर र ह्याब्भी लिभ गार्डको ब्याट्री जडान गरिएको कालीका अटो लिन्क प्रालीका म्यानेजिङ डाइरेक्टर सुनिल कुमार ठाकुरले जानकारी दिए ।

एक पटक चार्ज गरिसके पछि १ सय २० किलो मिटर सम्म कुदाउन सकिने कालिका अटो लिन्क प्रालीका म्यानेजिङ डाइरेक्टर ठाकुरले बतार । उनका अनुसार गाईघाटका स्थानीयलाई ५० प्रतिशत डाउनपेमेन्टमा १ बर्षको फाईनान्स र पुरानो अटोरिक्सा लिएर आए एक्सचेञ्जको व्यवस्था समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry