सरकार एक्लैले उदयपुर उद्योग संचालन गर्न सक्दैन : अर्थ मन्त्री महत

Logo
बिहिबार, पुष ०५, २०८०

उदयपुर । नेपाल सरकारका अर्थ मन्त्री तथा नेपाली कांग्रेसका प्रबक्ता प्रकाशशरण महतले देशको परिस्थितिका कारण अहिले माओबादी लगायतका पार्टीसँग गठबन्धन गर्न परेको बताएका छन । जिल्ला पार्टी कार्यलयमा पार्टी कार्यकर्ता सँगको भेट घाट कार्यक्रममा मन्त्री महतले कुनै पार्टीको बहुमत नभएका कारण अन्य पार्टी सँग गठबन्धन गर्न परेको बताएका हुन ।

कांग्रेसले आफ्नै नेतृत्वम सरकार बनाउन प्रयास गर्दा सम्भव नभएर माओवादीको नेतृत्वमा सरकार बनाउन परेको मन्त्री महतले बताए । सरकार बनाउन मात्र अन्य पार्टीसँग मिल्न पर्नेमा चुनाव अगाडिनै मिलेर आफ्नो जित्ने ठाउँ समेत माओवादी र एसलाई जिम्मा लाउदा संगठननै मासिदै गएको भन्ने कार्यकर्ताको गुनासोलाई सम्बोधन गर्दै कांग्रेस प्रबक्ता समेत रहेका मन्त्री महतले एक ठाउँको मात्र अवस्था हेरेर देश भरको अवस्थाको बिषयमा निर्णय लिन नहुने र कांग्रेसले गठबन्धन नगरे कम्युनिस्ट हरु गठबन्धन गर्ने भएका कारण निर्वाचन अगाडि गठबन्धन गर्न परेको उल्लेख गरे ।

उदयपुर सिमेन्ट उद्योग निरिक्षण गर्न आएका अर्थ मन्त्री महतले उद्योग संचालनगर्न सरकार एक्लैले नसक्ने वताए । स्थानीय सरकार, उद्योग व्यवस्थापन, कर्मचारी र सरकारको सामुहीक प्रयास बाट मात्र उद्योगलाई संचालन गर्न सकिने मन्त्री महतले बताएका हुन ।

उद्योग संचालनका लागि उद्योगले मागे जति ऋण वा अनुदान दिए मात्र पनि उद्योग संचालन नहुने बताउदै मन्त्री महतले पहिले व्यवस्थापन सच्चिएर आए र कर्मचारीले आफ्नो जिम्मेवारीबोध गरे मात्र उद्योग नियमीत संचालन हुने बताए ।

यता त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले भने व्यवस्थापनलाई कन्ट्याक्ट्मा लिएर उद्योग संचालन गरे मात्र उद्योग नियमित संचालन हुने सुझाव दिए । स्थानीय सरकार, स्थानीय र सरकार मिलेर उद्योगलाई 3P (PPP) मोडेलमा लगेर उद्योग संचालन गर्न समेत मेयर बस्नेतले सुझाव दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry